घाँटीमा पासो लगाई नाबालिकाको हत्या, गाडिएको अवस्थामा शव फेला

घाँटीमा पासो लगाई नाबालिकाको हत्या, गाडिएको अवस्थामा शव फेला

केन्द्रबिन्दु
0
Shares

झापा । झापामा खाडलमा गाडिएको अवस्थामा एक नाबालिकाको शव फेला परेको छ । झापाको बुद्धशान्ती गाउँपालिका ४ अम्बरबस्तिमा एक बालिकाको शव गाडिँएको अवस्थामा फेला परेको हो ।

स्थानीय बारिमा घाँस काट्न जाँदा बच्चा पुरिएको अवस्थामा भेटिएको थियो । घाँटीमा सालनाल र सुपारीको पातको पासो लगाई हत्या गरेर जमिनमा गाडिएको अवस्थामा फेला परेको हो ।

सालनाल पनि सँगै रहेकाले कुनै महिलाले जन्माएलगत्तै मारेर फालेको हुनसक्ने प्रहरीले आशंका गरेको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी महेन्द्र कुमार श्रेष्ठले बच्चा कसको र किन हत्या गरेको भन्नेबारे अनुसन्धान भईरहेको जानकारी दिए । कुनै महिलाले अबैध तरिकाले जन्माएर फालेको हुनसक्ने डीएसपी श्रेष्ठको भनाई छ ।

Logo