२०७० सालदेखि जनवरी १ तारिखमा ‘टोपी दिवस’ मनाईदैं आएको छ । "/>

माइतीघरमा मनाइयो छैठौं टोपी दिवस (फोटोफिचर)

माइतीघरमा मनाइयो छैठौं टोपी दिवस (फोटोफिचर)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपालमा छैठौं टोपी दिवस मनाईएको छ । इस्वी सम्वतको नयाँ वर्षको दिन नागरिकस्तरबाट नेपाली ‘टोपी दिवस’ मनाइएको हो ।

२०७० सालदेखि जनवरी १ तारिखमा ‘टोपी दिवस’ मनाईदैं आएको छ । स्वतन्त्र राष्ट्रप्रेमी अभियान नेपाल, जागरुक युवा अभियान नेपाल, गुन्यूचोली राष्ट्रिय जागरण नेपाललगायतका संस्थाहरुले संयुक्त रुपमा टोपी दिवस मनाएका हुन् ।

मंगलबार बिहान काठमाडौंको माइतीघर मण्डलामा उनीहरुले टोपी दिवस मनाएका हुन् । टोपी दिवस मनाउन नेपाली राष्ट्रिय पोशाकमा उपस्थित युवाहरुले प्रदर्शन समेत गरे ।

राष्ट्रिय पोसाक दौरा सुरुवाल र ढाका टोपीमा सजिएका सहभागीहरुले ढाका टोपीलाई पहिचान दिन राज्यसँग माग गरेका छन् । उनीहरुले राष्ट्रिय पोसाकको संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए ।

सताब्दीऔँ देखि भइरहेको विभिन्न प्रकारका नेपाली टोपीको प्रयोगलाई अझै व्यापक र विश्वमय बनाउने उद्देश्यले जनवरी १ देखि संसारभर अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइँदै आएको छ ।

सबै तस्बिरः ज्ञानमणी नेपाल ‘कालोटोपी’

Logo