कञ्चनपुर पुगेर आईजीपीले भने, ‘निर्मला प्रकरणमा दोषी पत्ता लगाएरै छोड्छु’

कञ्चनपुर पुगेर आईजीपीले भने, ‘निर्मला प्रकरणमा दोषी पत्ता लगाएरै छोड्छु’

केन्द्रबिन्दु
0
Shares

कञ्चनपुर । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले निर्मला पन्त हत्या प्रकरणमा कुनै पनि निर्दोष नफस्ने बताएका छन् । अनुसन्धान जारी रहेको भन्दै कुनै पनि निर्दोषलाई फसाउने कार्य कुनै पनि हालतमा नहुने दावी गरेका हुन् ।

महिला अधिकारकर्मीहरुसँग जिल्ला प्रहरी कार्यालयमै भएको छलफलमा आईजीपी खनालले भने, ‘‘निर्दोष फस्दैनन्, दोषी जोकोही जतिसुकै ठूलो वा सानो भएपनि छुट्दैन । कानुनको नजरमा सबै समान हुन् ।’’

सुदूरपश्चिम प्रदेश प्रहरीको अनुगमनका क्रममा कञ्चनपुर पुगेका आईजीपी खनालले निर्मला हत्या प्रकरणको अनुसन्धानमा कसैको दबाब र प्रभाव नभएको बताए ।

निर्मला हत्याको अनुसन्धानमा प्रहरी सक्रिय भएको बताउँदै खनालले महिला हिंसा र बाल हिंसाविरुद्ध समुदायसँगै मिलेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे । प्रहरी अनुसन्धान परिणाम निकाल्नेतर्फ उन्मुख भएको आईजीपी खनालको भनाइ छ ।

घटनाको विभिन्न कोणबाट सुक्ष्म अनुसन्धान भइरहेको भन्दैं आईजीपी खनालले निर्मला हत्या प्रकरणको अनुसन्धानमा शंका नगर्न आग्रह गरे । निर्मला हत्यापछि आईजीपी खनाल दोस्रो पटक कञ्चनपुर पुगेका हुन ।

Logo