बनाउनुहोस् भिडियो, जित्नुहोस् लाखौंको पुरस्कार

बनाउनुहोस् भिडियो, जित्नुहोस् लाखौंको पुरस्कार

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । के तपाईं सर्ट फिल्म बनाउनु हुन्छ ? या त डकुमेन्ट्री निर्माणमा रुची छ ? यदि छ भने तपाईंको लागी नेपालमै पहिलो पटक, केन्द्रबिन्दु अनलाइन मिडिया प्रा.लि.ले ल्याएको छ ओपन भिडियो मेकिङ कम्पिटिशन २०१९ । नेपालमै पहिलो पटक १० देखि १२ मिनेट सम्मको जुनसुकै विषयमा फिल्म वा डकुमेन्ट्री बनाएर जित्नुहोस लाखौंको पुरस्कार ।

तपाईंले बनाएर पठाएको फिल्म वा डकुमेन्ट्री भिडियो केन्द्रबिन्दु अनलाइन मिडियाको युट्यूव च्यानलमा अपलोड गरेपछि प्राप्त हुने भ्युज, सेयर, कमेन्टका साथै परिचित कलाकर्मीहरु सम्मिलित निर्णायक मण्डलले मूल्यांकन गर्नेछन् । यस प्रतिस्पर्धामा भागलिन चाहानेहरुले फागुन १ गते सम्ममा केन्द्रबिन्दु अनलाईन मिडियामा पठाउन सक्नुपर्नेछ ।

प्रथम हुनेलाई तीन लाख, दोस्रोलाई दुई लाख र तेस्रो हुनेलाई एकलाख पुरस्कार ब्यवस्था गरिएको छ । युट्यूवमा अपलोड गरिसकिएको भिडियो वा दृश्यलाई प्रतिस्पर्धामा समावेश नगरिने केन्द्रविन्दु मिडियाले जनाएको छ ।

यसको फाईनल बैशाख तेस्रो साता हुनेछ । थप जानकारीको लागि केन्द्रबिन्दु अनलाइन मिडिया प्रालि. सुन्धारा, काठमाडौं । फोन नं. ०१४२१८४००, ९८६१०९७६८७, इमेल:- [email protected]

Logo