आइजिपी खनालसहित उच्च प्रहरी अधिकारी कञ्चनपुर गए

आइजिपी खनालसहित उच्च प्रहरी अधिकारी कञ्चनपुर गए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहित प्रहरी उच्च अधिकारीहरुको टोली कञ्चनपुर गएको छ ।

महानिरीक्षक खनालसहित केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) का प्रमुख निरज शाही, प्रहरी मुख्यालयका एसपी रामदत्त जोशी, महानगरीय अपराध महाशाखाका डिएसपी रुगम कुँवर, प्रहरी नायव निरीक्षक गजेन्द्र रावलको टोली मंगलबार बेलुकी कञ्चनपुर गएको हो ।

निर्मला पन्त हत्या प्रकरणको अनुसन्धानका सिलसिलामा आइजिपी खनालसहितको टोली सडकमार्ग भएर कञ्चनपुर गएको प्रहरीले जनाएको छ ।

बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका हत्यारा अझै पत्ता लाग्न नसकिरहेका बेला आइजीपीसहितको टोली कञ्चनपुर जानुलाई निकै महत्वका साथ हेरिएको छ । निर्मला गत साउन ११ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा उखुबारीमा फेला परेकी थिईन् ।

Logo