क्रिसमस डे कै दिन चितवनमा बाइबल जलाईयो

क्रिसमस डे कै दिन चितवनमा बाइबल जलाईयो

केन्द्रबिन्दु
0
Shares

चितवन । हिन्दूवादीहरुले धर्म परिवर्तन रोक्न माग गर्दै आज क्रिसमसको दिनमा बाइबल जलाएका छन् । हिन्दू जागरण नेपालले हिन्दू धर्म रक्षाको माग गर्दै भरतपुरको चौबिसकोठीमा बाइबल जलाएको हो ।

उनीहरुले धर्म निरपेक्षता बन्द गर, गौ हत्या बन्द गर, धर्म परिवर्तन बन्द गर लगायत नारा लगाएर प्रदर्शन समेत गरेका थिए । नेपालको मौलिक धर्म संस्कार संस्कृतिको संरक्षण गरौं, देशको विविधतालाई नष्ट हुनबाट जोगाऔं भन्दै नारायणगढको पोखरा बसपार्कबाट पुलचोक हुँदै चौबिसकोठीमा आएर कोणसभा गरेका थिए ।

धर्म परिवर्तन गराउने तत्वहरु सक्रिय हुन थालेपछि हिन्दु धर्मका अनुयायीहरुले त्यसको विरोध गर्दै आएका छन् । विशेषगरी गरिब, विपन्न, अशिक्षित क्षेत्रमा आर्थिक प्रलोभवनमा पारेर धर्म परिवर्तन गराउने तत्व सक्रिय छन् ।

उनीहरुका विरुद्ध ठाउँ ठाउँमा आजाव उठिरहेका छन् । नेपालको कानूनले पनि जवरजस्ती धर्म परिवर्तन गराउनेलाई कडा सजायको व्यवस्था गरेको छ ।

Logo