एक साताको लागि धनगढी विमानस्थल बन्द, राति मात्रै सञ्चालन हुने

एक साताको लागि धनगढी विमानस्थल बन्द, राति मात्रै सञ्चालन हुने

केन्द्रबिन्दु
0
Shares

कैलाली । आजदेखि एक सातासम्म धनगढी विमानस्थल बन्द भएको छ । अब राति मात्रै सञ्चालन हुनेछ । धावनमार्ग मर्मत सम्भारका लागि भन्दै विमानस्थल विहान ६ बजेदेखि साँझ ६ बजेसम्मका लागि बन्द गरिएको हो ।

उक्त समयमा मर्मत सम्भारको काा हुने भन्दै विकल्पमा रुपमा राति मात्रै सञ्चालन हुने नागरिक उड्डयन प्राधिकरण, धनगढीले जनाएको छ ।

वर्षायामको पानीले धावन मार्गमा क्षती पुगेकोले मर्मत सम्भार गर्न लागिएको नागरिक उड्डयन प्राधिकरण धनगढीका प्रमुख तेजबहादुर बुढथापाले जानकारी दिए । यही पुस १७ गतेसम्म उडान र अवतरण बन्द हुने उनको भनाई छ ।

Logo