नेपाल जेसीज वर्ष २०१९ को अध्यक्षमा महेश पौडेल विजयी

नेपाल जेसीज वर्ष २०१९ को अध्यक्षमा महेश पौडेल विजयी

केन्द्रबिन्दु
0
Shares

जनकपुर । नेपाल जेसीज वर्ष २०१९ को अध्यक्षमा महेश पौडेल निर्वाचित भएका छन् । जनकपुरमा सम्पन्न ४५ औं राष्ट्रिय महाधिवेशनबाट प्रतिद्वन्दी सुदीपराज भण्डारीलाई पराजित गर्दै पौडेल विजयी भएका हुन् ।

कार्यकारिणी उपाध्यक्षमा रविन पोखरेल, श्यामसुन्दर पौडेल, रमेश चन्द्र भुसाल, र अमेश ढकाल विजयी भएका छन्।

राष्ट्रिय उपाध्यक्षमा मोहनलाल डाँगी, रूक्मणी सिग्देल, लालमणि भण्डारी, भोजराज चापागाई, इनु थापा, सुमन कृष्ण श्रेष्ठ, हरिकुमार शर्मा, कमल भण्डारी, गोकुल सापकोटा, कृष्णप्रसाद अर्याल र दिनेश बोहरा विजयी भएका छन् ।

शनिबारदेखि जनकपुरमा सुरू भएको राष्ट्रिय महाधिवेशनमा १७ पदका लागि ३१ जनाले उमेदवारी परेको थियो ।

Logo