चण्डेनीमण्डनमा स्वास्थ्यचौकी भवन हस्तान्तरण

चण्डेनीमण्डनमा स्वास्थ्यचौकी भवन हस्तान्तरण

केन्द्रबिन्दु
0
Shares

काभ्रे

कोरियन रेडक्रस र नेपाल रेडक्रस सोसाइटीको सहयोगमा निर्माण सम्पन्न भएको मण्डनदेउपुर १० चण्डेनीमण्डनमा स्वास्थ्यचौकी भवन स्थानिय स्वास्थ्यचौकीलाई शुक्रबार हस्तान्तरण गरिएको छ ।

पाँच वटा कोठा सहितको २ वटा भवनको निर्माण लागत ७२ लाख रुपैयाँ रहेको छ । सो भवन निर्माणका लागि स्थानिय राधादेवी नेपालले आफ्ना पति गोविन्द नेपालको स्मृतिमा २३ लाख २० हजार मुल्य पर्ने जग्गा निःशुल्क दान दिनु भएको थियो । त्यस्तै राम प्रसाद नेपालले १२ लाख १० हजार र पीताम्बर नेपालले पनि सोहि मुल्य बराबरको जग्गा दान गर्नु भएको थियो ।

कार्यक्रम रेडक्रस काभ्रे शाखाको आयोजनामा वडा नं. १० का वडाध्यक्ष विष्णुमणी नेपालको सभापतित्वमा तथा नगर प्रमुख टोक बहादुर वाइवाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

सो भवनमा २ वटा प्रसुति वार्डहरु पनि छन् भने स्वास्थ्यचौकीले प्रत्येक १५ / १५ दिनमा वडामा रहेका विशेषगरि वृद्धवृद्धा तथा अशक्तहरुका लागि टोल टोलमा स्वास्थ्य सेवा दिने गरि कार्यक्रम अघि वढाइएको वडाध्यक्ष विष्णुमणि नेपालले जानकारी दिनु भयो । गाउँमै सुविधा सम्पन्न स्वास्थ्य चौकी निर्माण भएपछि स्थानियवासी खुशि भएका छन् ।

Logo