पुस १३ देखि १५ गतेसम्म टुँडिखेलमा तमू ल्होसार मनाईने

पुस १३ देखि १५ गतेसम्म टुँडिखेलमा तमू ल्होसार मनाईने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । आगामी पुस १३ देखि १५ गतेसम्म गुरुङ समूदायले आफ्नो महान चाड तमू ल्होसार भव्यताका साथ मनाउने भएका छन । तमू ल्होसार मूल आयोजक समितिले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आगामी पुस १३ देखि १५ गतेसम्म काठमाडौंको टुँडिखेलमा विभिन्न कार्यक्रम गरी तमू ल्होसार पर्व मनाउने जानकारी गराएको हो ।

तमू जातिको भाषा, संस्कार, संस्कृति, खानपानलगायत झल्कने गरी लोकदोहोरी तथा नृत्य प्रतियोगिता पनि सो पर्वको अवसर पारेर आयोजना गर्न लागिएको तमू ल्होसार मूल आयोजक समितिका महासचिव लोकबहादुर गुरुङले जानकारी दिए ।

समितिले पुस १२ गते खेलकुद प्रतियोगिता कार्यक्रम आयोजना गर्नेछ । त्यसैगरी १३ गते लोकदोहोरी तथा नृत्य प्रतियोगिता आयोजना गर्ने र मुख्य दिन १५ गते काठमाडौंको बसन्तपुरबाट सांस्कृतिक झाँकीसहितको र्‍याली निकालि टुँडिखेलमा पुगेर कोण सभामा परिणत हुनेछ ।

सो कार्यक्रमलाई प्रधानमन्त्री केपी ओलीले सम्बोधन गर्नेकार्यक्रम रहेको छ । कार्यक्रम अवधिभर कार्यक्रम स्थल टुँडिखेलमा तमू समुदायको परिकारसहितको फुड स्टलको पनि व्यवस्था गरिनेछ । यसैबीच, तमू समूदायले आफूहरुको सांस्कृतिक चाडपर्व तमू ल्होसारको विदा कटौति नगर्न सरकारलाई पुनः दवाव दिएको छ ।

Logo