श्रीमती करणी गर्ने श्रीमानलाई डेढ वर्ष जेल, १० लाख क्षतिपूर्ति

श्रीमती करणी गर्ने श्रीमानलाई डेढ वर्ष जेल, १० लाख क्षतिपूर्ति

केन्द्रबिन्दु
0
Shares

कञ्चनपुर । जिल्ला अदालत कञ्चनपुरले श्रीमती करणी गर्ने श्रीमानलाई डेढ वर्षको जेल सजाय सुनाएको छ । श्रीमतीको इच्छा विपरित करणी गर्ने भीमदत्त नगरपालिका–२ भाँसीका डम्बर राज जोशीलाई अदालतले डेढ वर्ष कैद र १० लाख रुपैयाँ क्षतिपूर्ति दिलाउने फैसला गरेको हो ।

गत कार्तिक दोस्रो साता डम्बरविरुद्ध श्रीमती मञ्जु जोशीले जबरजस्ती करणी मुद्दा हालेकी थिईन् । जिल्ला न्यायाधीश प्रकाश कुमार अधिकारीको इजलासले श्रीमानलाई डेढ वर्ष थुना र १० लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको अदालतका नायव सुब्बा दानबहादुर सुनारले जानकारी दिए ।

डम्बरले आफ्नो इच्छा विपरित यौन सम्पर्क राखेको भन्दै मन्जुले उजुरी दिएपछि अदालतले प्रकाशलार्इ पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।उनीहरुले डेढवर्ष अघि भागेर विवाह गरेका थिए ।

गत भदौं १ गतेदेखि लागू भएको नयाँ मुलुकी संहिताले श्रीमतीको ईच्छाविपरित यौन सम्बन्ध राख्न पाईदैंन् । जबर्जस्ती करणी गर्ने श्रीमानलाई पाँच वर्षको जेल सजाय हुने व्यवस्था गरिएको छ ।

Logo