डडेल्धुरामा धुँवाले निसास्सिएर १३ वर्षीय छोराको मृत्यु, आमा गम्भीर

डडेल्धुरामा धुँवाले निसास्सिएर १३ वर्षीय छोराको मृत्यु, आमा गम्भीर

केन्द्रबिन्दु
0
Shares

डडेल्धुरा । आगोको धुँवाले निसास्सिएर एकजनाको मृत्यु भएको छ । बैतडीको मेलैली नगरपालिका-२ घर भइ डडेल्धुरा बस्दै आएका अन्दाजी १३ वर्षीय विनोद भट्टको निसास्सिएर मृत्यु भएको हो ।

अमरगढी नगरपालिका-५ पेन्सीएया एकेडेमीमा केयरटेकरको रुपमा कार्यरत विनोदकी आमा हिरा भट्ट भने गम्भीर रहेको प्रहरीले जनाएको छ । हिरालाई उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार हुन नसकेपछि थप उपचारको लागि धनगढी रेफर गरिएको छ ।

जाडोका कारण कडाईमा आगोका कोइलाहरु राखेर ढोका थुनी कोठामा सुतेका आमाछोरा बिहीबार बिहान बेहोस अवस्थामा फेला परेका थिए । उनीहरुलाई उपक्षेत्रीय अस्पताल पुर्‍याइएको थियो । अस्पताल पुर्‍याउने वित्तिकै विनोदलाई अस्पतालले मृत घोषणा गरेको हो ।

Logo