समाचारप्रति अधिकारकर्मी सारदा चन्दको आपत्ति

समाचारप्रति अधिकारकर्मी सारदा चन्दको आपत्ति

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । केन्द्रविन्दुमा डटकममा बुधबार सम्प्रेशण गरिएको समाचारप्रति महिलाअधिकारकर्मी सारदा चन्दले आपत्ति जनाएकी छन् । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको न्यायिक आन्दोलनको क्रममा उनको नाम जोडिएको समाचार सम्प्रेशण गरिएको थियो ।

‘निर्मला काण्डः आन्दोलनकर्मीको कांग्रेस नेताहरुसँग यस्तो कनेक्सन‘ भन्ने शिर्षकमा सम्प्रेशण गरिएको समाचारप्रति आपत्ति जनाउँदैं चन्दले कानूनी लडाई लड्ने चेतावनी दिएकी छन् । केन्द्रबिन्दु डटकमले आन्दोलनमा महिला अधिकारकर्मी सारदा चन्दको भूमिका शंकास्पद देखिएको भन्दै प्रमाणसहित समाचार सम्प्रेशण गरेको थियो ।

पछिल्लो समय सार्वजनिक भएका एसएमएसबाट उनको भूमिका शंकास्पद देखिएको थियो । तत्कालिन कञ्चनपुर जिल्ला प्रहरी प्रमुख एसपी दिल्लीराज विष्टले समेत आन्दोलन गर्न राजनीतिक दबाब आएको भन्दै अधिकारकर्मी चन्दले आफुलाई जानकारी गराएको बताएका थिए ।

सम्पूर्ण प्रमाणसहित सम्प्रेशण गरिएको समाचारमा अधिकारकर्मी चन्दले आपत्ति जनाएकी हुन् । उनले आफ्नो अनुमति बिना फोटो पनि राखिएको भन्दै कानूनी लडाई लड्ने चेतावनी दिएकी हुन् । उनले सामाजिक सञ्जालमा हालेको तस्बिर नै हामीले लिएका थियौं ।

विगत लामो समयदेखि सामाजिक सेवामा लागिरहेकी अधिकारकर्मी चन्द निर्मला प्रकरणको आन्दोलनमा शंकास्पद भूमिका देखिएपछि पत्रकार राजेन्द्र विष्टले उनले गरेका एसएमएस सार्वजनिक गरेका थिए । सोही आधार र सम्बन्धित व्यक्तिसँगको टेलिफोन कुराकानीको आधारमा सम्प्रेशण गरिएको समाचारप्रति उनको आपत्ति हो ।

सार्वजनिक एसएमएस अनुसार अधिकारकर्मी सारदाले विभिन्न पाँच जना महिलालाई नेपाली कांग्रेसका नेता रमेश लेखकको नम्बर पठाएकी थिईन् । त्यस्तै नेपाली कांग्रेसकै अर्का नेता अर्जुननरसिंह केसीलाई पनि एसएमएस गरेकी थिईन् ।

एउटा विशुद्ध न्यायको लागि आन्दोलनमा होमिएका व्यक्तिले राजनीतिक दलका नेताहरुलाई कुनै कारण नभई एसएमएस गर्नुले पनि उनको भूमिका शंकास्पद देखिएको भन्दै समाचार सम्प्रेशण गरिएको थियो । तर उनले उक्त समाचारमाथि आपत्ति जनाउँदै कानूनी लडाई लड्ने चेतावनी दिएकी हुन् ।

उनले आफुसँग गरिएको कुराकानी तथा समाचार ठिक भएको तर आफ्नो अनुमतिबिना फोटो किन राखिएको भन्दै आपत्ति जनाईन् । उनले भनिन्, ‘मसँग गरिएको कुराकानी ठिक छ । समाचारमा पनि कुनै आपत्ति छैन् । तर मेरा अनुमतिबिना किन फोटो राखियो ।’

निर्मला काण्डः आन्दोलनकर्मीको कांग्रेस नेताहरुसँग यस्तो कनेक्सन

अधिकारकर्मी चन्दमाथि आरोप लागेपछि हामीले चन्द, एसपी दिल्लीराज विष्ट र सुनिल शर्मासँग टेलिफोन कुराकानी गरेका थियौं । उक्त कुराकानी तलको भिडियोमाः

Logo