काठमाडौंमै एक महिलाले गरिन् घाँटी थिचेर सौताको हत्या

काठमाडौंमै एक महिलाले गरिन् घाँटी थिचेर सौताको हत्या

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । एक महिलाले घाटी थिचेर आफ्नै सौताको हत्या गरेकी छन् । काठमाडौंको टोखा नगरपालिका–८, मिलन टोलमा मुगुको सोरू गाउँपालिकाकी २६ वर्षीया विष्णुमाया मल्लले सौताको हत्या गरेकी हुन् ।

अन्य आफन्त समेतलाई संलग्न गराएर मल्लले मुगुको टोरु गाउँपालिका–८ घर भएकी २३ वर्षीया अजिता मल्ल शाहीको हत्या गरेकी हुन् । अजिता ६ महिनाकी गर्भवती थिइन् ।

हत्या आरोपमा प्रहरीले उनीसहित बहिनी भगवती मल्ल, भदा गन्डिप राज मल्ल र भदाको प्रेमीका रिता केसीलाई पक्राउ गरिएको महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए । श्रीमान धर्मराज शाही मुगुमै रहेका बेला विष्णुमायाले कान्छी श्रीमतीको हत्या गरेकी हुन् ।

आफूमाथि सौता हालेको आवेग र खान लाउन नदिएको भन्दै हत्या गरेको उनीहरुले बयान दिएको प्रहरीले जनाएको छ । उनीहरुमाथि कर्तव्य ज्यान मुद्दामा म्याद थप गरेर विस्तृत अनुसन्धान थालिने एसएसपी सिंहको भनाई छ ।

Logo