नुवाकोटमा मिनिट्रक दुर्घटना, ३० भन्दा बढीको मृत्यु भएको आशंका

नुवाकोटमा मिनिट्रक दुर्घटना, ३० भन्दा बढीको मृत्यु भएको आशंका

केन्द्रबिन्दु
0
Shares

नुवाकोट । ध्याङफेदि सिसिफु–१ मा मिनिट्रक दुर्घटना भएको छ । दुर्घटनामा धेरैको हाताहत भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

ध्याङफेदि सिसिफुबाट वडा नम्बर ७ सिम्टाङ फर्किदैं गरेको बा३ख ३९१३ नम्बरको मिनि ट्रक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

४६ जना सवार गाडी दुर्घटना हुँदा ३० जनाभन्दा बढिको मृत्यु भएको प्रहरीले जनाएको छ । गाडीमा सवार ४६ जनामध्ये १० जनाको शव भेटिएको र अझै २० जनाभन्दा बढिको हताहत भएको आशंका गरिएको छ ।

घटनाबारे जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय नुवाकोटमा डीएसपी भीमलाल भट्टराईको टोली दुर्घटनास्थलतर्फ गएको छ । दुर्घटनास्थल पुग्न सदरमुकाम विदुरदेखि साढे ३ घण्टा समय लाग्छ ।

तामाङ समुदायको साँस्कृतिक पर्व मनाएर फर्किदै गरेकाहरु दुर्घटनामा परेका हुन् । थप विवरण आउन बाँकी छ ।

Logo