छुरा प्रहार गरी बुबाको हत्या, दाई गम्भीर घाइते, भाग्दै गर्दा पक्राउ

छुरा प्रहार गरी बुबाको हत्या, दाई गम्भीर घाइते, भाग्दै गर्दा पक्राउ

केन्द्रबिन्दु
0
Shares

विराटनगर । घरायसी विवादमा छोराले प्रहार गरेको छुरा लागेको बुबाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–१७ धुनिया बस्तीका २२ वर्षीय चुनु मण्डलले छुरा प्रहार गर्दा बुबा शशी मण्डलको मृत्यु भएको हो । चुनुकै छुरा प्रहारबाट दाजु आकाश पनि घाइते भएका छन् ।

बिहीबार राति छुरा प्रहारबाट घाइते भएका शशीलाई उपचारका लागि विराटनगरस्थित नोबेल मेडिकल कलेज लगिएको छ । छुरा प्रहारबाट गम्भीर घाइते शशीको उपचारको क्रममा राति १० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहीबार शशी मण्डल, जेठी श्रीमतीको आकाश मिया मण्डल र शशी मण्डलको कान्छी श्रीमतीका छोरा चुनु मण्डलबीच घरायसी विषयमा विवाद भएको थियो ।

विवादकै क्रममा मादक पदार्थ सेवन गरेका चुनुले छुरा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए ।

बुबा र दाजुलाई छुरा प्रहार गरी फरार भएका मण्डललाई प्रहरीले नेपाल भारतको सीमा क्षेत्रबाट नियन्त्रणमा लिएको छ ।

Logo