त्रिवि शिक्षण अस्पतालभित्रै ७६ वर्षीय बृद्धले आत्महत्या गरे

त्रिवि शिक्षण अस्पतालभित्रै ७६ वर्षीय बृद्धले आत्महत्या गरे

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । एक वृद्धले त्रिवि शिक्षण अस्पताल परिसरभित्रै आत्महत्या गरेका छन् । काठमाडौँ महानगरपालिका–३ धारामार्ग बस्ने ७६ वर्षीय कृष्णबहादुर बोहराले आइतबार साँझ त्रिवि शिक्षण अस्पताल महाराजगञ्जस्थित परिसरमै झुण्डिएर आत्महत्या गरेका हुन् ।

अस्पताल भित्रको गणेशमानसिंह नाक, कान, घाँटी रहेको भवन पछाडि रहेको टहरोमा झुण्डिएको अवस्थामा आइतबार राति ८ बजे बोहराको शव फेला परेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख एवं प्रहरी नायब उपरीक्षक फणीन्द्र प्रसार्इंले जानकारी दिए ।

बोहरा लामो समयदेखि सोही अस्पतालको अक्सिजन प्लान्ट शाखामा कार्यरत भई विसं २०६० मा अवकाश लिएका थिए । रक्तचापबाट बिरामी बोहराले के कारणले आत्महत्या गरे भन्नेबारेमा प्रहरीले अनुसन्धान गरिरहेको वृत्तले जनाएको छ ।

Logo