फेसबुक समूहद्धारा थामी समुदायका विद्यार्थीलाई स्टेशनरी सामान वितरण

फेसबुक समूहद्धारा थामी समुदायका विद्यार्थीलाई स्टेशनरी सामान वितरण

केन्द्रबिन्दु
0
Shares

सिन्धुपाल्चोक । सिंगल बिकम मिंगल फेसबुक समूहले थामी समुदायका विद्यार्थीहरुलाई स्टेशनरी सामाग्री वितरण गरेको छ । भोटेकोशी गाँउपालिका–४ डाकतोलास्थित महाकाली देवी आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु वितरण गरिएको हो ।

विद्यालयमा अध्ययनरत कक्षा १ देखि ३ कक्षा सम्मका लगभग ४५ जना विद्यार्थीलाई सामाग्री वितरण गरिएको हो । फेसबुक ग्रुपका केहि सदस्यहरु मिलेर आफ्नो व्यतिगत खर्चहरु कटाई जम्मा गरिएको रकमबाट सिन्धुपाल्चोकको दुर्गम ठाँउमा रहेको थामी समुदायका विद्यार्थीलाई स्टेशनरीका सामानहरु वितरण गरेका हुन् । साथै यो ग्रुप समाज सेवामा पनि सक्रिय रहेको छ ।

Logo