आमासँग विवाद हुँदा छोरीले गरिन् आत्मदाह, उपचारको क्रममा मृत्यु

आमासँग विवाद हुँदा छोरीले गरिन् आत्मदाह, उपचारको क्रममा मृत्यु

केन्द्रबिन्दु
0
Shares

सप्तरी । सप्तरीको कञ्चनरूप नगरपालिका–४ स्थित जगतपुरमा आफ्नै शरीरमा मट्टितेल छर्किएर आगो लगाइएकी एक युवतीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा महेश चौधरीकी १३ वर्षीय छोरी अञ्जनी चौधरी रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक प्रतीक बिष्टले जानकारी दिए । आफ्नै आमासँग विवाद हुँदा बुधबार साँझ अञ्जनीले शरीरमा मट्टितेल छर्किएर आगो लगाई आत्महत्याको प्रयास गरेकी थिइन् ।

आगोबाट अञ्जनीको शरीर जलेर घाइते भएकी थिईन् । उनको विराटनगरस्थित म्याक्स अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बिष्टले जानकारी दिए । रासस

Logo