काम नगर्ने कर्मचारीमाथि प्रधानमन्त्रीको कडा एक्सन, कारवाही गर्ने तयारी

काम नगर्ने कर्मचारीमाथि प्रधानमन्त्रीको कडा एक्सन, कारवाही गर्ने तयारी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सरकारले काम नगर्ने कर्मचारीमाथि कारवाही प्रक्रिया अघि बढाउने भएको छ । विभिन्न वाहनामा जनताका काम नगर्ने कर्मचारीमाथि कारवाही प्रक्रिया अघि बढाईएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा विभिन्न वाहनामा फाइल पन्छाउने, निर्णयमा ढिलाइ गर्ने कर्मचारीमाथि कारवाही प्रक्रिया अघि बढाईने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री कार्यालयले सवै मन्त्रालयहरुलाई पत्र लेख्दै १५ दिनसम्म नटुंगिएका फाइलको विवरण माग गरेको छ । प्रधानमन्त्री कार्याययले १५ दिनसम्म निर्णय हुन नसकेका फाइलको विवरण मागेपछि सबै मन्त्रालयमा तरंग पैदा भएको छ ।

प्रधानमन्त्री कार्यालयले लेखेको पत्रमा १५ दिन र सोभन्दा बढी समयदेखि निर्णय हुन नसकेका र नटुंगिएका फाइलका विवरण माग गरिएको हो। प्रधानमन्त्री कार्यालयले फाइलको विवरण, पेश भएको मिति, निर्णय हुन लाग्ने दिन, प्रक्रिया र निर्णय हुन नसक्नुका कारणहरु समेत माग गरिएको छ।

गतसाता सम्पन्न विभिन्न मन्त्रालय तथा निकायहरुको चौमासिक समिक्षामा मन्त्रालय र कर्मचारीका कामकारबाहीप्रति असन्तुष्ट देखिएका प्रधानमन्त्री ओलीले कर्मचारी र मन्त्रीहरूले विभिन्न बाहनामा ‘होल्ड’ गरेका फाइलको विवरण मागेका हुन् ।

१५ दिनभन्दा बढी समयसम्म निर्णय हुन नसकेका फाइलको विवरण माग गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव केदारबहादुर अधिकारीले जानकारी दिए। उक्त विवरण संकलन गरिएपछि १५ दिन भन्दा बढी समयसम्म निर्णय नगर्ने कर्मचारीमाथि कारवाही प्रक्रिया समेत अघि बढाइने सचिव अधिकारीले बताए ।

Logo