‘विजयबाबु स्मृति पत्रकारिता पुरस्कार’ घोषणा

‘विजयबाबु स्मृति पत्रकारिता पुरस्कार’ घोषणा

केन्द्रबिन्दु
0
Shares

पत्रकार विजयबाबु खत्रीको स्मृतिमा ‘विजयबाबु स्मृति पत्रकारिता पुरस्कार’ घोषणा भएको छ । विजयबाबुको सातौं स्मृति दिवसमा नेपाल समाचार केन्द्रकी अध्यक्ष लक्ष्मी श्रेष्ठले ३४ हजार रुपैयाँ राशिको ‘विजयबाबु स्मृति पत्रकारिता पुरस्कार’ घोषणा गरेकी हुन् ।

पुरस्कारका लागि श्रेष्ठले ३ लाख ५० हजार रुपैयाँको कोष स्थापना गरेकी छन् । कोषको संरक्षक नेपाल समाचार केन्द्र रहेको छ । कोषमा रहेको रकमको ब्याजबाट बर्सेनि पत्रकारिता पुरस्कार प्रदान गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिइन् । विजयबाबुको ३४ बर्षमा निधन भएकाले  पुरस्कारको राशि पनि ३४ हजार रुपैयाँ तोकिएको उनकी श्रीमती श्रेष्ठले बताइन।  उनले अक्षयकोषको रकम र पुरस्कारको राशि बर्सेनि बढाउँदै लगिने पनि जानकारी दिईन्  ।

२०७६ साल मंसिर १२ गतेबाट हरेक वर्ष एकजना पत्रकारलाई यो पुरस्कार प्रदान गरिनेछ । रुपन्देहीको सालझन्डीमा सवारी दुर्घटनामा परी ०६८ मंसिर १२ गते विजयबाबुको निधन भएको थियो ।

Logo