प्रहरीलाई नै धम्की दिने हत्या आरोपी यसरी परे पक्राउ

प्रहरीलाई नै धम्की दिने हत्या आरोपी यसरी परे पक्राउ

केन्द्रबिन्दु
0
Shares

दोलखा

अपराधिक घट्नामा संलग्नहरु थरी थरीका भेटिन्छन् । कोहि हत्यामा संलग्न भएर आफैं हतियार सहित प्रहरीमा आत्मसर्मपण गर्न आईपुग्छन् भने कोहि बर्षौ सम्म पनि फेला पर्दैनन् । दोलखा प्रहरीले पनि हत्याको घट्नामा संलग्न एकजना अनौठो अभियुक्तको सामना गर्नु परेको छ ।

सोमवार श्रीमतीको हत्या गरेर फरार भएका दोलखाको जिरी नगरपालिका वडा नम्बर ९ ठूलोपातलका ३५ बर्षिय तस्विर तमाङले जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक बासुदेव पाठकलाई पटक पटक टेलिफोन सम्पर्क गरी आफुलाई पक्राउ गरे डोरीको पासो लगाएर आत्महत्या गर्ने धम्की दिएका थिए ।

बुधवार विहान रामेछापको मन्थलिबाट पक्राउ परेका तस्विर तामाङले पक्राउ पर्नु अघि मंगलवार विहान १० बजेबाट तीन बजे सम्ममा प्रहरी नायव उपरीक्षक पाठकलाई तीन पटक फोन गरेर आफुलाई पक्राउ गरे आत्महत्या गरेर मर्ने धम्की दिएका थिए ।

हत्याको खबर पाए लगतै हामीले जसलाई खोजि गरिरहेका थियौ उसैले मंगलवार विहान १० बजेतिर मलाई फोन गरेर आफुले डोरी बोकेर हिडेको र आफुलाई पक्राउ गर्ने प्रयास भए आत्महत्या गरेर मर्ने धम्की दिएको प्रहरी नायव उपरीक्षक बासुदेव पाठकले सुनाए । अभियुक्त तामाङले मंगलवार दिउँसो तीन बजे सम्ममा आफुलाई तीन पटक फोन गरेर पक्राउ गरे आत्महत्या गर्ने धम्की दिएको प्रहरी नायव उपरीक्षक पाठकले बताए ।

अभियुक्त तामाङलाई पक्राउ गर्न दोलखा र रामेछापको प्रहरीलाई उसको फोटो दिएर सम्भावित ठाँउहरुमा परिचालन गरेको भएपनि मंगलवार भने पक्राउ गर्न नसकिएको प्रहरी नायव उपरीक्षक पाठकले बताए । मंगलवार साँझ पाँच बजेतिर उसको टेलिफोन अफ भएको र टेलिफोन अन्तिम पटक अन रहेको लोकेसनको आधारमा खोजि गर्दै जाँदा बुधवार विहान रामेछाप प्रहरीले मन्थली नगरपालिका वडा नंम्वर १ भैसेश्वर चेक पोष्टबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजेन्द्र थापाले बताए ।

अभियुक्त तामाङले सोमवार साँझ ३३ बर्षिय श्रीमती राममाया तामाङलाई काठको चिर्पटले शरिरको बिभिन्न भागमा हिर्काएर हत्या गरेका थिए । घर नजिकै ससुरालीको एउटा घरमा भोज भै रहेको र अर्को घरमा श्रीमतीसंग विवाद भएपछि तामाङले काठको चिर्पटले हिर्काएर श्रीमतीको हत्या गरेको प्रारम्भीक अनुसन्धानबाट खुलेको प्रहरी नायव उपरीक्षक पाठकले बताए ।

अभियुक्त तामाङले प्रहरी नायव उपरीक्षक पाठकलाई फोन गर्ने क्रममा आफुलाई अरु कुनै कुराको चिन्ता नभएको तर आफुले बोकेको तीन तोला सुन कसरी छोरीसम्म पु¥याउने भन्ने चिन्ता भने रहेको बताएका थिए । तामाङले श्रीमतीको हत्या गरेपछि श्रीमतीले लगाएको सिक्रि, औठि लगायतको गहना आफुले लिएर गएका थिए ।
नेपाल समाचारपत्रबाट

Logo