दुर्व्यसनबाट मुक्ति चाहानुहुन्छ ? सित्तैमा गरिन्छ, उपचार ( भिडियो सहित )

दुर्व्यसनबाट मुक्ति चाहानुहुन्छ ? सित्तैमा गरिन्छ, उपचार ( भिडियो सहित )

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

नेपालमा वर्षेनी दुर्व्यसनी वढ्दो छ । आधुनिक युवायुवतीहरु साथीभाईको संगतमा लागेर कुलतमा फस्ने र यसैका कारण डिप्रेसन हुनेहरुको संख्या पनि कम छैन । जसले गर्दा दिनप्रतिदिन समाजलाई पनि गलत दिशा तर्फ लगिरहेको छ । नयाँ समाज निर्माणका लागि समाज दुर्व्यसन मुक्त बनाउनु जरुरी छ तर कसरी ? यो ठूलो समस्याको रुपमा रहेको छ ।

हिजोआज कुलतमा फस्ने युवायुवतीको संख्या वढे सँगै कुलतबाट मुक्त गराउने विभिन्न संस्थाहरु पनि खुलेका छन् । पहिलो कुरा त कुलतमा नफस्नु नै राम्रो । तर फसिसके पछि यसबाट मुक्त कसरी हुन सकिएला वा आफ्ना छोराछोरीलाई कुलतबाट कसरी छुटाउन सकिएला भनेर अभिभावकहरु चिन्तित पनि भइरहेका हुन्छन् ।

यस्ता अभिभावकलाई वा कुलतमै फसेका युवायुवतीहरुलाई सेवा दिने उद्देश्यले एउटा संस्थाको स्थापना भएको छ । जसको नाम छ थर्डआई ( तेस्रो आँखा ) रियाइब्रेसन सेन्टर । यो ललितपुरको खुमलटारमा रहेको छ । यसका संचालक हुनुहुन्छ निरज जंग कार्की । उहाँ आफू पनि पूर्वदुर्व्यसनी नै हुनु हुन्छ । आफू गलत बाटोमा लागेर अहिले यसबाट मुक्त हुँदै अरुलाई पनि कुलतबाट छुटाउने उद्देश्यले स्थापना गर्नु भएको यस संस्थाका संचालक कार्कीसँग यसपटक केन्द्रविन्दु टेलिभिजनले गरेको कुराकानी हेरौं :

Logo