काठमाडौं । भनिन्छ अति भएपछि खति हुन्छ । केपी शर्मा ओली नेतृत्वको सरकारले अहिले त्यही गरिरहेको छ । सामाजिक सुरक्षा कोषले अहिले विज्ञापनको खोलो बगाएको छ। "/>

‘पानी जहाज चढेर समृद्धि आउँछ कि भनेको पोल चढेर आयो’ (भिडियो)

‘पानी जहाज चढेर समृद्धि आउँछ कि भनेको पोल चढेर आयो’ (भिडियो)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । भनिन्छ अति भएपछि खति हुन्छ । केपी शर्मा ओली नेतृत्वको सरकारले अहिले त्यही गरिरहेको छ । सामाजिक सुरक्षा कोषले अहिले विज्ञापनको खोलो बगाएको छ।

सामाजिक सुरक्षा कोषमा पैसा जम्मा गर्न थालेको झण्डै १० वर्ष भइसकेको छ । कोषमा अहिले झण्डै २० अर्ब रुपैयाँ जम्मा भएको छ । तलवको एक प्रतिशत सुरक्षा कोषमा जम्मा गर्नुपर्ने प्रावधान अनुसार २० अर्ब जम्मा भएको हो ।

योजना नै १० वर्षअघि सुरु भएपछि अहिले आएर मंगलबार देखि ओली नेतृत्वको सरकारले गरेको हो भन्ने भ्रम छर्नका लागि अति भद्दा शैलीमा प्रचार प्रसार गरिएको छ । सामाजिक सुरक्षा योजनाका परिकल्पना १० वर्षअघि भएपनि यसको ऐन बावुराम भट्टराई नेतृत्वको तत्कालिन सरकारले ल्याएको थियो ।

१०वर्षदेखि जम्मा गरेको पैसा खर्चेर ओली र श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टका तस्वीर एवं पम्प्लेटहरु पोलदेखि पत्रिकासम्म र सामाजिक संजालदेखि अनलाइनसम्म छाएका छन् । ओलीको फोटो राख्न मात्र ८ करोड खर्च गरिएको छ ।

यसरी भद्दा प्रचार गरेर ओली सरकारले आफ्नो सरकारले सबैभन्दा ठूलो काम गरेको भनी देखाउन खोजेको प्रवृत्तिप्रति सामाजिक संजालहरुमा चर्को विरोध भइरहेको छ । उनीहरुले सामाजिक सुरक्षा कोष ल्याउनु राम्रो विषय भएपनि प्रधानमन्त्री ओलीको प्रचार शैलीप्रति आलोजना गरेका हुन् ।

आलोचना गर्नेहरुमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलदेखि कलाकार सम्म रहेका छन् । उनीहरुले यसलाई संस्तो लोकप्रियता कमाउन लागेको भनेका छन् । सामाजिक सुरक्षा योजनाको प्रचारपछि कसले के भने तलको भिडियोमाः

 

 

 

Logo