काठमाडौं । नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड) बारे झुटा समाचार लेखेको आरोपमा एक पत्रकार पक्राउ परेका छन् । "/>

प्रचण्डबारे झुटा समाचार लेख्ने पत्रकार पक्राउ

प्रचण्डबारे झुटा समाचार लेख्ने पत्रकार पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड) बारे झुटा समाचार लेखेको आरोपमा एक पत्रकार पक्राउ परेका छन् । चितवन गएका बेला प्रचण्डमाथि खुकुरी प्रहार भएको भन्दै झुटा समाचार लेखेको आरोपमा पोस्टपाटी नामक अनलाइनका सम्पादक गोपाल चन्दलाई प्रहरीले पक्राउ गरेको हो ।

चन्द सम्पादक रहेको पोस्टपाटीले अघिल्लो हप्ता चितवन भ्रमणमा रहेका प्रचण्डमाथि स्थानीयले खुकुरी प्रहारको प्रयास गरेको भन्दै समाचार प्रकाशन गरेको थियो । झुटो समाचार लेखी भ्रम सिर्जना गर्न खोजको भन्दै महानगरीय अपराध महाशाखाको टोलीले चन्दलाई काठमाडौंको मनमैजुबाट पक्राउ गरेको हो ।

रोल्पाको गंगादेव गाउँपालिका–३ घर भइ भक्तपुरको सानोठिमी बस्दै आएका चन्द नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा निकट ‘पत्रकार’ हुन् । प्रहरीले चन्दमाथि विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा चलाएको छ ।

 

 

Logo