File Photo

झापा । टिभीमा देखाईएको दृश्यको नक्कल गर्दा ९ वर्षीय बालकले आत्महत्या गरेका छन् । "/>

टिभी दृश्य नक्कल गर्दा झापामा ९ वर्षीय बालकले गरे आत्महत्या

टिभी दृश्य नक्कल गर्दा झापामा ९ वर्षीय बालकले गरे आत्महत्या

केन्द्रबिन्दु
0
Shares

File Photo

झापा । टिभीमा देखाईएको दृश्यको नक्कल गर्दा ९ वर्षीय बालकले आत्महत्या गरेका छन् । टिभीमा देखाईएको ‘स्टन्ट’ तथा अभिनय हेरेर त्यसैको नक्कल गर्न खोज्दा झापाको भद्रपुर नगरपालिका–९ मा बस्दै आएका हरिप्रसाद मिश्र र देवी मिश्रका ३ कक्षामा अध्ययनरत सचिनले आत्महत्या गरेका हुन् ।

पढाइमा अब्बल उनले टेलिभिजनमा देखाइने हरेक दृश्य नक्कल गर्दै आएका थिए । चलचित्र तथा विज्ञापनमा देखाइने हरेक दृश्य र ‘स्टन्ट’नक्कल गर्थे । अहिले पनि टेलिभिजनमा देखाइए अनुसार सिलिङमा झुन्डिराखेको अवस्थामा सचिनको मृत्यु भएको हजुरबुवा देवीभक्तले जानकारी दिए ।

उनी टेलिभिजनको दृश्य नक्कल गर्दै झुन्डिने प्रयास गरेका थिए । टिभी अगाडी आमा र दिदीका ७ वटा सल थुपारेको, दुवै हात, कम्मर र घाँटीमा ३ वटा सल बाँधेर अनौठो किसिमले झुण्डिएको अवस्थामा देखिएको प्रहरीले जनाएको छ । 

Logo