कृष्णसिंह धामी/काठमाडौं । मानसिक समस्यापछि अस्पताल भर्ना भएका निर्मला पन्तका बाबुको स्वास्थ्यमा सुधार आएको छ । छोरीको न्यायको लागि अनिश्चितकालिन धर्नामा बसेका बेला यज्ञराज पन्तलाई मानसिक समस्या देखिएको थियो । "/>

निर्मलाका बाबुलाई कस्तो छ ? डाक्टर भन्छन्, स्वास्थ्यमा धेरै सुधार आईसक्यो !

निर्मलाका बाबुलाई कस्तो छ ? डाक्टर भन्छन्, स्वास्थ्यमा धेरै सुधार आईसक्यो !

केन्द्रबिन्दु
0
Shares

कृष्णसिंह धामी/काठमाडौं । मानसिक समस्यापछि अस्पताल भर्ना भएका निर्मला पन्तका बाबुको स्वास्थ्यमा सुधार आएको छ । छोरीको न्यायको लागि अनिश्चितकालिन धर्नामा बसेका बेला यज्ञराज पन्तलाई मानसिक समस्या देखिएको थियो ।

उनी बेला बेला कराउने, जो देख्यो त्यसैलाई झम्टिने, गालीगलौज गर्ने जस्ता कार्य गर्न थालेपछि कञ्चनपुरबाट ल्याएर त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको थियो । उनमा तनावका कारण लाग्ने मनोवैज्ञानिक समस्या देखा परेको चिकित्सकहरुले बताएका छन् । उनीहरुको भाषामा यसलाई ‘एक्युट एन्ड ट्रान्जिएन्ट साइकोटिक डिसअर्डर’ भन्छिन् ।

पन्तको अहिले शिक्षण अस्पतालको आईसीसीयू कक्षमा उपचार भईरहेको छ । शिक्षण अस्पतालका मानसिक रोग विभाग प्रमुख सरोज प्रसाद ओझाले यज्ञराजमा तनावले मनोवैज्ञानिक समस्या उत्पन्न भएको बताएका छन् ।

‘तनाव सहेर बस्दा मनोवैज्ञानिक समस्याका लक्षण देखा परेको हो । तनाव झेल्न नसक्दा यस खालका समस्या हुन्छन्,’ उनले भने । छोटो अवधिको समस्या भएकोले केही दिनसम्म औषधि खानुपर्ने र त्यसपछि काउन्सिलिङ सुरु गरिने उनले बताए ।

पन्तलाई शिक्षण अस्पतालका आकस्मिक, मेडिसिन र मनोचिकित्सकहरुले जाँच गरेका छन् । उनी कात्तिक २५ गतेदेखि जिल्ला प्रशासन कार्यालय कन्चनपुरमा अनिश्चितकालीन धर्नामा बसेका थिए । त्यसयता उनले असामान्य व्यवहार देखाएका थिए । परीक्षणपछि उनको फ््रयाक्चर भएको बायाँ खुट्टाको उपचार पनि भइरहेको छ । उनको खुट्टामा प्लास्टर गरिएको छ ।

कञ्चनपुरको भीमदत्तनगरपालिका २ की १३ वर्षीया निर्मला पन्त गत साउन १० गते साथीको घर गएको बेला वेपत्ता भएकी थिईन् । हराएको भोली पल्ट बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।

छोरीको न्यायका लागि लड्दा लड्दै १२५ दिन वित्योः
छोरीको न्यायका लागि लड्दा लड्दै आमा दुर्गादेवीका १२५ दिन बितिसकेका छन् । उनी पनि पतिको उपचारका लागि टिचिङ अस्पतालमा छिन् । उनलाई यतिबेला पीडामाथि पीडा परिरहेको छ । एकातिर छोरीका लागि न्याय माग्नु परेको छ भने अर्कोतिर श्रीमानलाई मानसिक समस्या हुँदा उनको पनि ख्याल गर्नुपर्ने अवस्था छ ।

दोषी पत्ता नलाग्नुले न्यायविहीन राज्यको आभास गरिरहेकी दुर्गादेवीले हिम्मत नहारी लडिरहेकी छिन् । अब उनी न्याय नपाएसम्म नहार्ने दृढ संकल्पसहित अगाडि बढिरहेकी छन् । भन्छिन्, ‘यतिसम्म त भईसक्यो अब त पछि हट्ने कुरा हुँदैन् । अन्तिम स्वास रहन्जेलसम्म छोरीको न्यायका लागि लड्छु । नत्र उसको आत्माले पनि हामीलाई सरापिराख्छ ।’

Logo