पाल्पा । पाल्पामा श्रीमान श्रीमतीले नै आत्महत्या गरेका छन् । सामान्य झगडा हुँदा रिसाएर हिँडेकी श्रीमतीलाई जंगलमा झुण्डिएको मृत अवस्थामा भेटिईन् । "/>

श्रीमतीले लगाएको पासो काटेर श्रीमानद्धारा पनि आत्महत्या

श्रीमतीले लगाएको पासो काटेर श्रीमानद्धारा पनि आत्महत्या

केन्द्रबिन्दु
0
Shares

पाल्पा । पाल्पामा श्रीमान श्रीमतीले नै आत्महत्या गरेका छन् । सामान्य झगडा हुँदा रिसाएर हिँडेकी श्रीमतीलाई जंगलमा झुण्डिएको मृत अवस्थामा भेटिईन् । सामान्य झगडामा पनि आत्महत्याको बाटो रोज्लिन भन्ने कल्पना समेत नगरेका श्रीमानले पनि उक्त पासो खोलेर आत्महत्या गरे ।

पाल्पाको माथागढी गाउँपालिका ५, हात्तीलुङ गोहेलुङ गाउँका ७६ वर्षीय पूर्णबहादुर सारु र उनकी श्रीमती ६६ वर्षकी हरिसरा सारुले आत्महत्या गरेको हुन् । गाउँका दुवै जनाले आत्महत्या गरेपछि गाउँलेलाई शोकमा डुबेका छन् । दम्पतीले घरनजिकैको जंगलमा आत्महत्या गरेका हुन् ।

सदरमुकामदेखि ५० किलोमिटर दक्षिणपूर्वमा भएको घटनापछि सोमबार मात्र शव तानसेन ल्याइएको छ । दम्पतीले आत्महत्या गर्नुको कारण भने अनुसन्धानका क्रममा रहेको प्रहरीले जनाएको छ ।

शनिबार दिउँसो वृद्ध दम्पती नातिनी १५ वर्षीया कल्पनासँगै गोहेलुङ गाउँबाट खाना खाएर बेँसी फोक्सिङछाप दाइँ गर्न झरेका थिए । उनीहरुको खेत बेँसीमै थियो । दिउँसो श्रीमान श्रीमतीबीच सामान्य झगडा भए पनि नातिनीसँगै हरिसरा घर जान हिंडिन् । त्यहाँ पुग्ने दुई बाटो छन् ।

‘मलाई घर जाँदै गर भन्दै बज्यै (हरिसरा) केहीछिन थकाई मार्ने भन्नुभयो,’ कल्पनाले भनिन्, ‘म सरासर घर आएँ । आउनुहोला भनेको बेलुकी आउनु भएन ।’ बेलुकी नआएपछि बिहान उठेर श्रीमान् पूर्णबहादुर श्रीमती खोज्दै जंगल पुगे ।

‘बिहानै उठेर सासूलाई खोज्न भन्दै ससुरा जानुभएको हो,’ बुहारी हलिसरा सारुले भनिन्, ‘खासै झगडा भएको होइन तर ससुराले मसँग बोलेकी छैन भन्नुभएको थियो ।’ आइतबार बिहान पुनः पूर्णबहादुर (ससुरा) खेतमा जान्छु भन्दै हिँडेको उनले बताइन् । दिउँसो स्थानीयले वृद्ध दम्पतीलाई मृत फेला पारेका थिए ।

‘श्रीमती हरिकलाले पासो लगाई आत्महत्या गरेको देखेर श्रीमान् पूर्णबहादुरले पुनः सोही सल काटेर आफूले पनि आत्महत्या गरेको प्रारम्भिक अध्ययनमा देखिएको छ,’ डीएसपी विनोद घिमिरेले भने ।

वृद्ध दम्पतीका एकमात्र छोरा दिलबहादुरको ३३ वर्षको उमेरमा एक महिनाअघि मृत्यु भएको थियो । अब घरमा बुहारी हलिसरा र उनका दुई छोरी र एक छोरा छन् ।

 

Logo