बागलुङ । मोटरसाईकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । बागलुङको गलकोट नगरपालिका १ दुदिलाभाटी चौराहमा ध १ प २७८१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा धौलागिरी वीरेन्द्र माध्यमिक विद्यालयमा १२ कक्षामा अध्ययनरत अनिल सापकोटाको मृत्यु भएको हो । "/>

बागलुङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

बागलुङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

बागलुङ । मोटरसाईकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । बागलुङको गलकोट नगरपालिका १ दुदिलाभाटी चौराहमा ध १ प २७८१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा धौलागिरी वीरेन्द्र माध्यमिक विद्यालयमा १२ कक्षामा अध्ययनरत अनिल सापकोटाको मृत्यु भएको हो ।

त्यस्तै सोही विद्यालयमा १० कक्षामा पढ्ने संगम पन्त घाइते भएका छन् । घाईते पन्तलाई हटिया स्थित ईमरजेन्सी पोलिक्लिनकमा उपचार भईरहेको छ । पन्तलाई थप उपचारका लागी पोखरा पठाउन लागीएको अस्पतालले जनाएको छ ।

उनीहरु विद्यालयबाट वनभोजका लागि पर्यटकीय स्थल भ्यु टावर गएको प्रहरीले जनाएको छ । उनीहरु दुवैजना वनभोजमा आवश्यक पर्ने सामाग्री लिन हटिया बजार जादै गर्दा दुर्घटनामा परेका हुन् । 

 

Logo