काठमाडौँ

मुलुकमा १ लाख ५६ हजार युवायुवती लागूऔषध दुव्र्यसनको जालोमा फसेका छन् । यो कुल जनसंख्याको शून्य दशमलव ५५ प्रतिशत हो । "/>

कुलतमा १ लाख ५६ हजार युवा : उपचारको दायरमा ८ हजार मात्र

कुलतमा १ लाख ५६ हजार युवा : उपचारको दायरमा ८ हजार मात्र

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

मुलुकमा १ लाख ५६ हजार युवायुवती लागूऔषध दुव्र्यसनको जालोमा फसेका छन् । यो कुल जनसंख्याको शून्य दशमलव ५५ प्रतिशत हो ।

सरकारी तथा गैरसरकारी निकायले लागूऔषध दुव्र्यसनविरुद्ध विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आए पनि त्यो प्रभावकारी हुन सकेको छैन । गृह मन्त्रालयका अनुसार विभिन्न गैरसरकारी संस्थाले दुव्र्यसनविरुद्ध अभियान सञ्चालन गर्न वार्षिक करोडौं रुपैयाँ खर्चने गरेका छन् ।

दुव्र्यसनको सबैभन्दा ठूलो मारमा काठमाडौं उपत्यकाका युवायुवती पर्ने गरेको गृह मन्त्रालयको अध्ययनले देखाएको छ । काठमाडौंमा लागूऔषध दुव्र्यसन र बिक्री वितरणको आरोपमा दैनिकजसो आधा दर्जन बढी युवायुवती पक्राउ पर्ने गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले लागूऔषध दुव्र्यसनको जालो भयावह रूपमा बढ्दै गएको बताए । जालो भयावह रूपमा बढ्न थालेपछि काठमाडौं प्रशासनले केही दिन अघि मात्रै यहाँका डेढ दर्जन पुनःस्थापना केन्द्रको अनुगमन गरेको थियो । अनुगमनका क्रममा पनि पुनःस्थापना केन्द्रमा लागूऔषध दुव्र्यसनीको संख्या वृद्धि भएको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिए । स्कुल जीवन सकेर प्लस २ पढ्ने युवायुवती लागूऔषध दुव्र्यसनको जालोमा नराम्ररी फस्ने क्रम बढेको घिमिरेले बताए ।

गृह मन्त्रालयका अनुसार लागूऔषध दुव्र्यसनको जालोमा पर्नेमा काठमाडौंपछि धरानका युवायुवती बढी छन् । तेस्रो ठूलो जालोे पोखरामा छ । यसैगरी, चौथो ठूलो जालो झापा र पाचौंमा रूपेन्देहीका बुटवल र भैरहवामा छ ।

दुव्र्यसनी बढिरहेका स्थानमा चितवनको नारायणगढ, नेपालगन्ज, वीरगन्ज, हेटौंडा रहेका छन् । यस्तै, लागूऔषध दुव्र्यसनी बढिरहेका थप स्थानमा कैलाली, दाङ, काभ्रे, जनकपुर, बारा छन् । बिस्तारै मुलुकका अन्य स्थानमा पनि जालो बढ्ने क्रम सुरु भएको गृह मन्त्रालयको अध्ययनले देखाएको छ ।

लागूऔषध दुव्र्यसनमा फसेकामध्ये मुस्किलले ८ हजारले मात्रै पुनःस्थापना केन्द्रमा रहेर उपचार गराइरहेका छन् । बाँकी १ लाख ४८ हजार बाहिरै छन् ।

सरकारले लागूऔषध दुव्र्यसनीलाई पुनःस्थापना केन्द्रमा राखेर उपचार गर्न एउटै पनि उपचार केन्द्र खोल्न सकेको छैन । विभिन्न गैरसरकारी संस्थाले दुव्र्यसनीकै लागि १९६ वटा पुनःस्थापना केन्द्र खोलेका छन् । तर, ती प्रभावकारी बन्न नसकेको गृह मन्त्रालयको ठहर छ ।
राजधानीबाट

Logo