देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । "/>

विमान खरिदमा अर्बौको घोटलादेखि कांग्रेस महासमिति बैठकसम्म

विमान खरिदमा अर्बौको घोटलादेखि कांग्रेस महासमिति बैठकसम्म

केन्द्रबिन्दु
0
Shares

देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ ।

यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ। हाइलाइट गरिएको शिर्षकहरुमा क्लिक गरेर बिस्तृत समाचार पढ्न सक्नु हुन्छ ।

एउटै दुर्घटनाले उजाडिएको परिवार

कृष्णसिंह धामी/काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरको बेड नम्बर ५१८ मा एक बालक आमा, आमा… भन्दै कराउँछन् । घरी रुन्छन् । घरी कराउँछन् । घर आमा आमा भन्दै चिच्याउँछन् । दिपालय सिलगडी नगरपालिका–४ डोटीका १० वर्षीय घाइते बालक नवीन विक उनी बेला बेला आमालाई पुकार्दैछन् । तर उनकी आमा सदाको लागि नबोल्ने गरी गएकी छन् । गत बिहीबार डडेल्धुरामा भएको बस दुर्घटनामा परेर उनकी आमा सरस्वती विकको घटनास्थलमै मृत्यु भएको थियो ।

आमा बनिन् युना उप्रेती, राखिन छोरीको नाम साईरा

अभिनेत्री युना उप्रेती आमा बनेकी छन् । नोभेम्बर २१ मा उनले एक छोरीलाई जन्म दिएकी हुन् । युनाले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस र केहि फोटो सार्वजनिक गर्दै यो कुराको खुलासा गरेकी हुन् ।

‘फि’ नल्याएको भन्दै प्रधानाध्यापकले विद्यार्थी कुटे

जाजरकोट । जाजरकोटमा एक विद्यार्थी प्रधानाध्यापकबाटै कुटिएका छन् । जाजरकोटको छेडागाड नगरपालिका–११ स्थित बाल माध्यामिक विद्यालय झाप्राका प्रधानाध्यापक पृथ्वीबहादुर सिंहले रजिस्ट्रेशन फर्म भर्न गएका कक्षा ९ का छात्र शेरबहादुर बस्नेतलाई मरासन्न हुनेगरी कुटपिट गरेका हुन् ।

महेन्द्रनगरको भासीमा बसले मोटरसाईकललाई ठोक्यो, १ जनाको मृत्यु

कञ्चनपुर । पूर्वपश्चिम राजमार्ग अन्र्तगत भासीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी बेलौरी नगरपालिका १० का ३५ वर्षीय श्रवणकुमार चौधरीको घटनास्थलमै ज्यान गएको हो ।

वाइडबडी विमान खरिदमा ६ अर्ब ५९ करोड घोटाला

काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले दुईवटा वाइडबडी विमान खरिदमा ६ अर्ब ५९ करोड घोटाला भएको दाबी गरेको छ । नेपाल वायुसेवा निगमले खरिब गरेको वाइडबडी विमानमा मोटो रकक घोटाला भएको समितिले दाबी गरेको हो ।

नेकपा भित्रको संक्रमणले मुलुकलाई अघि बढाउन समस्याःमुख्यमन्त्री पोखरेल

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले दुई तिहाईको जनादेशलाई निर्बाध रुपमा सदुपयोग गर्ने अवस्था अझै नरहेको बताएका छन् । नेकपा कम्युनिष्ट पार्टी (नेकपा) का नेता समेत रहेका उनले पुरानै कार्यशैली र मनोविज्ञान नै जनताको समृद्धिको आकांक्षाका सम्बोधन गर्न मुख्य बाधकको रुपमा रहेको पनि स्पष्ट पारे । मुख्यमन्त्री पोखरेलले दुई तिहाई बहुमत प्राप्त दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आफै भित्रको संक्रमणले पनि मुलुकलाई अघि बढाउन समस्या भईरहेको पनि स्मरण गराए ।

 

 

Logo