वीरगञ्ज । सामान्य पोके तस्करी भएको आारोपमा सशस्त्र प्रहरीले वीरगञ्जमा महिलामाथि कुटपिट गरेका छन् । वीरगञ्ज भन्सार कार्यालयको सुरक्षा एवं चोरी तस्करी नियन्त्रणका लागि खटिएका सशस्त्र प्रहरीले महिलाहरुलाई कपाल समातेर लछार-पछार गरेका थिए । "/>

महिलामाथि सशस्त्र प्रहरीद्धारा कुटपिट, कारबाही गर्न मन्त्रीको निर्देशन

महिलामाथि सशस्त्र प्रहरीद्धारा कुटपिट, कारबाही गर्न मन्त्रीको निर्देशन

केन्द्रबिन्दु
0
Shares

वीरगञ्ज । सामान्य पोके तस्करी भएको आारोपमा सशस्त्र प्रहरीले वीरगञ्जमा महिलामाथि कुटपिट गरेका छन् । वीरगञ्ज भन्सार कार्यालयको सुरक्षा एवं चोरी तस्करी नियन्त्रणका लागि खटिएका सशस्त्र प्रहरीले महिलाहरुलाई कपाल समातेर लछार-पछार गरेका थिए ।

घटना सार्वजनिक भएपछि प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले वीरगन्जमा महिलाहरूमाथि दुर्व्यवहारमा संलग्न सशस्त्र प्रहरीलाई कारबाही गर्न निर्देशन दिएका छन् ।

सशस्त्र प्रहरीका उच्च अधिकारीलाई टेलिफोन गरी उनले महिलाहरुमाथि दुर्व्यवहार गर्नु अराजक र अनुशासनहीन व्यवहार भएको भन्दै तत्काल कारबाही गरेर प्रदेश सरकारलाई जानकारी गराउन निर्देशन दिएका हुन् । मन्त्री यादवले घटना अत्यन्त अमानवीय, अमर्यादित र आपत्तिजनक रहेको बताए ।

Logo