काभ्रे । बिहान कलेज जान भनेर गएकी छोरी केही समयमा रुखमा झुण्डिएको फेला परिन् । पनौती नगरपालिका–५ की २१ वर्षीया सुधा केसी सोमबार बिहान ५ बजे कलेज जान भनेर घरबाट निस्किएकी थिईन् । "/>

के सुधा केसीले ब्रा र पेन्टी मात्र लगाएर आत्महत्या गरिन् त ?

के सुधा केसीले ब्रा र पेन्टी मात्र लगाएर आत्महत्या गरिन् त ?

केन्द्रबिन्दु
0
Shares

काभ्रे । बिहान कलेज जान भनेर गएकी छोरी केही समयमा रुखमा झुण्डिएको फेला परिन् । पनौती नगरपालिका–५ की २१ वर्षीया सुधा केसी सोमबार बिहान ५ बजे कलेज जान भनेर घरबाट निस्किएकी थिईन् । तर उनी ७ बजे त रुखमा झुण्डिएको अवस्थामा फेला परिन् ।

आमा र सानीमाले आज कलेज नजाउँ भन्दा भन्दै आफ्नै ढिपीले हिडेकी सुधा ब्रा र पेन्टी मात्र लगाएको अवस्थामा रुखमा झुण्डिएको अवस्थामा फेला परेकी काभ्रेका डिएसपी दिपक गिरीले जानकारी दिए ।

हरिबोधनी एकादशीको दिन कलेज नजान उनकी आमा र सानीमाले आग्रह गरेका थिए । काभ्रे क्याम्पसमा बिए दोस्रो वर्षमा अध्ययनरत सुधा बिहान उठेर हातमुख धोएर क्याम्पस गएकी होलिन भन्ने सोचेका थिए । तर केही समयपनि उनी रुखमा झुण्डिएको खबर आयो ।

धेरै नबोल्ने स्वभावकी सुधाको कसैले कतव्र्य गरेर झुण्डाएको हुनसक्ने डिएसपी गिरीको भनाई छ । घटनास्थल नजिकै ज्याकेट, टि–सर्ट, समिज, जिन्सको पाइन्ट, ट्राउजर तथा चप्पल पनि फेला परेको छ ।

उनका २ दाजुहरु छन् । कान्छो दाई विदेशमा छ भने जेठो काठमाडौंमा । उनका बुबाले २ विवाह गरी काठमाडौंमै बस्दै आएका छन् । उनले आत्महत्या नै गरेको हो भन्न सकिने अवस्था नरहेको डिएसपी गिरीको भनाई छ । आत्महत्यामा उनकै सल प्रयोग गरिएकाले घटना थप रहस्यमय बनेको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

युवती मृत्युको कारण घरायसी:

युवतीको मृत्युको कारण घरायसी झगडा नै भएको खुल्न आएको छ । विहान कलेज ड्रेस लगाएर पढ्न जान लागेकी छोरीलाई आमाले आज एकादशी हो घरमा पूजा पनि गर्नु पर्छ । कलेजमा पढाई पनि हुदैन होला, नजाउ कपडा खोलेर घरैमा बस भने पछि युवती आमासँग रिसाएर घरबाट बाहिर निस्केकी थिइन् ।

घरबाट २ मिनेट पर गएर ‘ल कपडा खोल भनेको होइन’ भन्दै रिसाउँदै युवतीले आफूले लगाएको कपडा खोलेर एकैठाउँमा थुपारेपछि आफू झुण्डिएकी थिइन् । उनको परिवारले छोरीको हत्या नभएर आत्महत्या नै भएको स्वीकारेको छ भने अस्पतालबाट पोष्टमार्टम गरि शव पनि बुझेर लगेका छन् ।

काभ्रेमा रहस्यमय घटना, एक युवती झुण्डिएको अवस्थामा फेला

Logo