काभ्रे । काभ्रेमा एक युवती झुण्डिएको अवस्थामा फेला परेकी छन् । पनौती नगरपालिका–५ बस्ने २१ वर्षीया सुधा केसी झुण्डिएको अवस्थामा फेला परेकी हुन् । "/>

काभ्रेमा रहस्यमय घटना, एक युवती झुण्डिएको अवस्थामा फेला

काभ्रेमा रहस्यमय घटना, एक युवती झुण्डिएको अवस्थामा फेला

केन्द्रबिन्दु
0
Shares

काभ्रे । काभ्रेमा एक युवती झुण्डिएको अवस्थामा फेला परेकी छन् । पनौती नगरपालिका–५ बस्ने २१ वर्षीया सुधा केसी झुण्डिएको अवस्थामा फेला परेकी हुन् । काभ्रे क्याम्पसमा बिए पढ्दै गरेकी सुधाको शव रुखमा झुण्डिएको अवस्थामा ब्रा र पेन्टी मात्रै लगाएको अस्थामा फेला परेकी हुन् । आज विहान ५ बजेतिर घरबाट क्याम्पस पढ्न हिडेकी केसी मृत फेला परेकी काभ्रेका डिएसपी दिपक गिरीले जानकारी दिए ।

घटनास्थलमा युवतीले निकै संघर्ष गरेको जस्तो देखिएकाले कसैले मारेर झुण्डाएको हुनसक्ने डिएसपी गिरीको भनाई छ । उनी भन्छन्, ‘घटनास्थलको प्रकृति हेर्दा कसैले कतव्र्य गरेर झुण्ड्याएको जस्तो देखिन्छ । तर यो नै कारण हो भन्न सकिने अवस्था अहिले छैन् ।’ युवतीको ब्रा र पेन्टी मात्र लगाएको अवस्थामा घाँटीमा हरियो डोरीले झुण्डाईएको अवस्थामा शव फेला परेको हो ।

सुधाका परिवारले प्रहरीमा जाहेरी दिन लागेको र घटनाबारे थप अनुसन्धान हुने डिएसपी गिरीले बताए । शवलाई पोष्टमार्टमको लागि अस्पतालमा राखिएको छ । पोष्टमार्टमपछि थप रहस्य खुल्ने प्रहरीले जनाएको छ ।

Logo