वीरगन्ज । वीरगन्जकी एक ४० वर्षीया दलित महिलामाथि सामूहिक बलात्कार गरिएको छ । चार युवाले गत कात्तिक ५ गते उनको बलात्कार गरेर त्यसको भिडियोसमेत बनाएका थिए । "/>

एक महिलामाथि सामूहिक बलात्कार, भिडियो देखाएर पैसाको बार्गेनिङ

एक महिलामाथि सामूहिक बलात्कार, भिडियो देखाएर पैसाको बार्गेनिङ

केन्द्रबिन्दु
0
Shares

वीरगन्ज । वीरगन्जकी एक ४० वर्षीया दलित महिलामाथि सामूहिक बलात्कार गरिएको छ । चार युवाले गत कात्तिक ५ गते उनको बलात्कार गरेर त्यसको भिडियोसमेत बनाएका थिए ।

बलात्कार गर्नेहरुले भिडियो देखाएर पीडित महिलासँग रकम माग्ने गरेको थिए । राति १० बजेतिर शौच गर्न खेतमा गएका बेला उनलाई ३५ बर्से मनोज साह तेली, ३० बर्से कृष्ण साह र २४ बर्से दिलिप सहनीले बलात्कार गरेका थिए । बलात्कार गरेको भिडियो ३५ बर्से आकाश साहले मोबाइलमा भिडियो खिचेका थिए।

त्यही दिन पर्साको पर्सागढी नगरपालिकामा पर्ने डोकैला बहुअरीको मेलामा रक्सी खाएर घर फर्किँदा ती ४ जनाले खेतमा ती महिला एक्लै देखेपछि पक्रेर बलात्कार गरेका थिए।

२ दिनपछि कात्तिक ७ मा आकाशले घटनाको भिडियो सबैलाई देखाइदिने धम्की दिँदै २५ हजार रुपैयाँ मागेका थिए। पीडितले रकम दिन मानिनन्। आकाशले गाँउका दुई जनालाई भिडियो देखाएपछि घटनाबारे गाउँलेले थाहा पाएका थिए । यसबारे गाँउमा हल्लीखल्ली भएपनि पीडितले प्रहरीमा उजुरी दिएकी थिइनन्।

गाउँका अगुवा महिलाले थाहा पाएपछि घटनाको एक सातापछि मात्र उनीहरूकै सहयोगमा पीडितले कात्तिक १२ गते जिल्ला प्रहरी कार्यालय पर्सामा पीडक चार जनाविरुद्ध बलात्कारको मुद्धा हालेकी थिईन् । उनले उजुरी दर्ता गरेको ३ साता बितिसक्दा पनि आरोपितहरूलाई प्रहरीले पक्रन सकेको छैन।

सामसुम पार्न आरोपितका आफन्तले ५ लाख रुपैयाँ र ५ कठ्ठा जग्गा दिने प्रलोभन देखाएकाले पीडितले उजुरी गर्न ढिलाइ गरेको गाउँलेहरुको भनाई छ ।

पर्साका एसपी रेवती ढकालले घटनामा संलग्न चारै जनाविरुद्ध मुद्दा दर्ता भइसकेको बताए । आरोपित पक्रन प्रहरी परिचालन भइसकेको छ तर उनीहरू फरार रहेकोले खोजीकार्य जारी रहेको ढकालको भनाई छ ।

 

Logo