पर्सा । मोवाईल चोरीको आरोपमा एक युवाको कपाल मुण्डन गरि जुत्ताको माला लगाईएको छ । महादेवपट्टिस्थित पिपराटोलका १७ वर्षीय युवक विक्रम महतोलाई गाउँकै भद्रभलद्मी तथा पञ्चहरूले कपाल मुण्डन गरेर जुत्ताको माला लगाएका हुन् । "/>

मोबाइल चोरीको आरोपमा कपाल मुण्डन गरी जुत्ताको माला

मोबाइल चोरीको आरोपमा कपाल मुण्डन गरी जुत्ताको माला

केन्द्रबिन्दु
0
Shares

पर्सा । मोवाईल चोरीको आरोपमा एक युवाको कपाल मुण्डन गरि जुत्ताको माला लगाईएको छ । महादेवपट्टिस्थित पिपराटोलका १७ वर्षीय युवक विक्रम महतोलाई गाउँकै भद्रभलद्मी तथा पञ्चहरूले कपाल मुण्डन गरेर जुत्ताको माला लगाएका हुन् ।

सामाजिक न्याय भन्दै उनीहरुले महतोलाई यस्तो सजाय दिएका हुन । महतोलाई पञ्चायतको निर्णयबाट कपाल मुण्डन गरी जुत्ताको माला लगाइएको प्रहरीमा मौखिक उजुरी परेपछि निर्णय गर्ने पञ्चहरुको खोजी कार्य भइरहेको पर्सा प्रहरीले जनाएको छ ।

युवकले मणिलाल साहको घरबाट मोबाइल चोरी गरेको अभियोग प्रमाणित भएपछि उनीविरुद्ध बसेको पञ्चायतले यस्तो निर्णय गरेको प्रहरी प्रमुख एसपी रेवती ढकालले जानकारी दिए ।

गाउँका १० जनाभन्दा बढी व्यक्तिहरु यस्तो कार्यमा संलग्न रहेको पीडित युवक पक्षले दिएको मौखिक उजुरीमा भनेका छन् । प्रहरीले खोजी गरेपछि पञ्चहरु फरार भएका छन्।

पञ्चका परिवारले चोरीको अभियोग लागेका महतोका बाबुसँग प्रहरीमा उजुरी नगर्ने पत्र बनाएर सहि सनाखत गराएको स्थानीयको आरोप छ ।

Logo