बाँके

पूर्वउपसभामुख पूर्णाकुमारी सुवेदी दम्पतिले एकल भएकी जेठी बुहारीलाई छोरीका रुपमा विवाह गरेर पठाएका छन् । "/>

पूर्वउपसभामुख सुवेदीले गरिदिइन् बुहारीको विवाह

पूर्वउपसभामुख सुवेदीले गरिदिइन् बुहारीको विवाह

केन्द्रबिन्दु
0
Shares

बाँके

पूर्वउपसभामुख पूर्णाकुमारी सुवेदी दम्पतिले एकल भएकी जेठी बुहारीलाई छोरीका रुपमा विवाह गरेर पठाएका छन् । संघीय सांसदको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति रहेकी सुवेदीले जेठी बुहारी मालती शर्मालाई छोरीकै रुपमा अन्माएकी हुन् । पूर्णाका श्रीमान प्रकाश सुवेदी पनि नेकपाका नेता हुन् ।

व्यापारको सिलसिलामा काठमाडौं गएको बेलामा २०७२ सालको भूकम्पमा छोरा अच्यूतराज सुवेदीको मृत्यु भएको थियो । बसेको होटल भत्किदा च्यापिएर गम्भीर घाइते भएका सुवेदीको भारतीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । अच्यूतको मृत्यु भएपछि बुहारी मालती एकल भएकी थिइन् । मालतीका दुई छोरा छन् ।

बुहारीले नै मन पराएको नेपालगञ्जका सुधीर गौतमसँग सुवेदी परिवारले विवाह गरिदिएका हुन् । शनिबार घरपरिवारका सदस्यले आफन्ती तथा केही नेताहरुको उपस्थितिमा मालतीलाई विवाह गरिदिएका छन् ।

ससुरा प्रकाश सुवेदीले बुहारीले विवाह गर्ने इच्छा गरेको र घरबाटै अन्माइदिन प्रस्ताव राखेपछि आफूहरुले पनि सहर्ष स्वीकारेर छोरीसरह मानेर विवाह गरिदिएको बताउनुभयो । ‘समाजमा रहेका रुढीवादी परम्पराहरु तोडेर अघि बढ्नु पर्छ । हामीले पनि एकल रहेकी बुहारीलाई बाबु बनेर अन्माएर पठायौ, प्रकाशले भन्नुभयो, यो उनको खुशीका लागि हो ।’
नेपाल समाचारपत्रबाट

Logo