काठमाडौं । काभ्रेको नवबुद्ध–८ घर भइ हाल काठमाडौं–१३, बाफल बस्दै आएका १८ वर्षीय साजन अधिकारीले १५ वर्षीया प्रेमिकालाई गत बुधबार कलंकीको एक होटलमा लगे । "/>

जब १५ वर्षीया प्रेमिकालाई लिएर होटल पुगे, लाग्यो बलात्कारको मुद्दा

जब १५ वर्षीया प्रेमिकालाई लिएर होटल पुगे, लाग्यो बलात्कारको मुद्दा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । काभ्रेको नवबुद्ध–८ घर भइ हाल काठमाडौं–१३, बाफल बस्दै आएका १८ वर्षीय साजन अधिकारीले १५ वर्षीया प्रेमिकालाई गत बुधबार कलंकीको एक होटलमा लगे । राति घरमा छोरी नभेटिएपछि परिवारले सोधिखोजीको लागि प्रहरीमा निवेदन दिए ।

केही समयमा प्रहरीले कलंकीको होटल अन्नपूर्णमा फेला पार्‍यो । प्रहरीले ति किशोरीलाई घर परिवारको जिम्मा लगायो भने । अधिकारीलाई बलात्कारको मुद्धा लगायो । ‘बुधबार राति अधिकारीले बालिकालाई बलात्कार गरेको भनेर किशोरीको परिवारले जाहेरी दिए’, महानगरीय प्रहरी वृत्त, कालिमाटीका डीएसपी देवेन्द्रबहादुर पालले भने, ‘उनलाई पक्राउ परेर अनुसन्धान गरिरहेका छौं ।’

अधिकारीलाई जबरजस्तीकरणी मुद्दामा जिल्ला अदालत, काठमाडौंबाट म्याद थप गरेर विस्तृत अनुसन्धान थालिएको डिएसपी पालको भनाई छ । ‘सहमतिमै भए पनि उमेर नपुगि शारीरिक सम्बन्ध राख्नु कानुनतः अपराध हो । त्यस्तैले उनलार्इ मुद्दा चलाइएको हो ।’ उनले भने ।

एउटै विद्यालयमा पढ्दै आएका उनीहरुबीच होटलमा सहमतिमै शारिरिक सम्बन्ध पनि भएको प्रहरी स्रोतले जनाएको छ । सहमतिमै भएपनि केटी बालिकानै भएकाले सरोजविरुद्ध बलात्कारको मुद्धा चलेको हो ।

 

Logo