पाँचथर

जिल्लामा २०१८ को नोभेम्बरसम्ममा मानवअधिकार उल्लंघनका ४९ घटना भएको तथ्यांक सार्वजनिक भएको छ । "/>

पाँचथरमा मात्र मानव अधिकार उल्लंघनका ४९ घटना

पाँचथरमा मात्र मानव अधिकार उल्लंघनका ४९ घटना

केन्द्रबिन्दु
0
Shares

पाँचथर

जिल्लामा २०१८ को नोभेम्बरसम्ममा मानवअधिकार उल्लंघनका ४९ घटना भएको तथ्यांक सार्वजनिक भएको छ । सदरमुकाम फिदिममा शुक्रबार सम्पन्न नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ को वार्षिक पूर्वसमीक्षा कार्यक्रममा अनौपचारिक सेवा केन्द्र इन्सेकले यो तथ्यांक सार्वजनिक गरेको हो ।

नागरिक तथा राजनीतिक अधिकार उल्लंघनका तीन, बालअधिकार उल्लंघनका १८ र महिला अधिकार उलंघनका २८ वटा घटना भएको इन्सेकका पाँचथर प्रतिनिधि मंगल बेघाले बताए । ती घटनाबाट ५३ जना पीडित बन्न पुगेका बताइएको छ ।

तथ्यांकमा राज्य पक्षबाट समेत दुई महिला र पाँच पुरुष गरी सात जना पीडित बन्न पुगेको उल्लेख छ । हत्याका पाँच, जबर्जस्ती करणीका २३ र जबरजस्ती करणी उद्योगका नौ घटना भएको तथ्यांकमा उल्लेख छ ।

जिल्लास्थित राजनीतिक दल, कार्यालय र संघ–संस्थाका प्रतिनिधि, मानवअधिकारकर्मी साथै सञ्चारकर्मीहरूको सहभागिता रहेको कार्यक्रममा आगामी दिनमा मानवअधिकार उलङ्घनका घटनालाई न्यूनिकरण गर्ने, नेपाल मावन अधिकार वर्ष पुस्तकलाई अझ विश्वसनीय र संग्रहणीय बनाउने सन्दर्भमा छलफल समेत भएको थियो ।
राजधानीबाट

Logo