काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीले विगतमा गरिएका गल्ती नदोहोर्‍याउने प्रतिवद्धता व्यक्त गरेका छन् । "/>

आईजीपी खनाल भन्छन्, ‘अब प्रहरीले गल्ती दोहोर्‍याउँदैन’ (भिडियोसहित)

आईजीपी खनाल भन्छन्, ‘अब प्रहरीले गल्ती दोहोर्‍याउँदैन’ (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीले विगतमा गरिएका गल्ती नदोहोर्‍याउने प्रतिवद्धता व्यक्त गरेका छन् । प्रहरी महानिरीक्षक खनालले राष्ट्र र नागरिकको सेवामा मन, बचन र कर्मले समर्पित हुने प्रण समेत गरे ।

‘नागरिक–प्रहरी जनचेतनामूलक गीत’ को शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बीच लोकार्पण गर्दै उनले इमान्दारिताका साथ देश र नागरिकको सेवामा लागिरहन नागरिक समाजका अगुवाहरुले नेपाल प्रहरीलाई उत्साहित बनाउने काम गरिरहेको पनि स्मरण गराए ।

गायक विजयनारायण मानन्धरको स्वरमा सजिएको सो गीतको रचना रमेशचन्द्र अधिकारीले गरेका छन् भने संगीत भूपेन्द्र रायमाझीको रहेको छ ।

प्रहरी महानिरीक्षक खनालले सो गीतले समाजमा शान्ति सुरक्षा कायम गर्न र अपराध नियन्त्रणका लागि प्रहरीहरुलाई झनै उत्साहका साथ काम गर्न प्रेरित गर्ने विश्वास पनि व्यक्त गरे । त्यस अवसरमा उनले अपराध नियन्त्रणका लागि नेपाल प्रहरीलाई आवश्यक साथ दिन पनि नागरिक समाजसँग पुनः आह्वान गरे ।

Logo