कृष्णसिंह धामी/कञ्चनपुर । भारतको ताजमहल संसारभर निकै प्रख्यात छ । भारतको आगरा शहरमा रहेको ताजमहल धुम्ने जो कोहीको पनि धोको रहेको हुन्छ । "/>

के तपाई नेपालको ‘रक गार्डेन’ लिङ्गा घुम्नुभयो ? यसरी पुग्न सकिन्छ

के तपाई नेपालको ‘रक गार्डेन’ लिङ्गा घुम्नुभयो ? यसरी पुग्न सकिन्छ

केन्द्रबिन्दु
0
Shares

कृष्णसिंह धामी/कञ्चनपुर । भारतको ताजमहल संसारभर निकै प्रख्यात छ । भारतको आगरा शहरमा रहेको ताजमहल धुम्ने जो कोहीको पनि धोको रहेको हुन्छ । ताजमहल घुम्नेले जीवनमा निकै पुण्य गरेको अनुभूति गर्दै आएका छन् । त्यस्तै चीनमा रहेको ‘रक गार्डेन’ पनि संसारकै अदभुत छ ।

चट्टानबाट बनेको गार्डेनले लाखौं पर्यटक भित्र्याईरहेको छ । यस्तै ताज महल तथा रक गार्डेनकै झल्को दिने नेपालको अद्भूत क्षेत्रको बारेमा जानकारी दिन गईरहेका छौं । कञ्चनपुर सदरमुकाम महेन्द्रनगरबाट उत्तरतर्फ चुरेको फेदीमा रहेको रहेको छ शिवलिङ्गेश्वर अर्थात लिङ्गा । बेदकोट नगरपालिका ४ मा रहेको यो क्षेत्र एक अद्भूत छ ।

हाल जति वर्षा भएपनि माटोका मसिना आकास तर्फ फर्केका विभिन्न आकृतिका थुम्का रहेका छन् । जुन भारतकै ताजमहलको झल्को दिन्छन् । यस क्षेत्रमा करिब २०२० को देशकदेखि बस्ति बस्न सुरु गरेपछि पहाडका आकृति देखिएका थिए । जुन अहिले पनि अथावत रहेका छन् ।

टाढा बाट लश्करै मन्दिरहरुको शहर जस्तो देखिने माटोका आकृतिलाई नजिक गएर नियाल्दा कुनै कलाकारले माटोको पहाडलाई चिरेर विभिन्न आकृतिमा खोलाको किनारामा प्रदर्शनका लागि राखेको जस्तो देखिन्छ । एक पटक यस क्षेत्रको अवलोकनका लागि पुगेको व्यक्ति यस क्षेत्रको प्राकृतिक कलाकृतिको वर्णन गरेर थाक्दैनन् ।

टाढाबाट दृश्य नियाल्दा ढुङ्गालाई ठाउँ ठाउँमा ठिङ्ग उभ्याई दिए जस्तो अनुभव हुने यस क्षेत्रको नजिक गएर हेर्दा माटोबाट बनेको पहाडका आकृति देख्दा जो कोही पनि आश्चर्यमा पर्ने गरेको छ ।

यस्तो रहेको छ धार्मिक विश्वासः


यो क्षेत्र एक धार्मिक क्षेत्र हो । शिवलिङ्गेशवर क्षेत्रका रुपमा यस क्षेत्रले धार्मिक मान्यता पाएको छ । शिवलिङ्ग क्षेत्रमा भगवान शिवको बास रहेकाले दत्तचित्त रुपले यस क्षेत्रमा पुजा गरे मनले चिताएको पूर्ण हुने स्थानीय बताउँछन् ।

स्थानीय ७० वर्षीय बृद्ध परमानन्द भट्टले माटोका विभिन्न आकृति भएका ठाउँ नजिकैको खोलामा विसं २०२७ सालमा स्थानिय बासिन्दाले कुलो खन्दा पानी कुनै पनि हालतमा कुलोमा नचढने भएपछि भगवान शिवलाई स्थानियले ध्युसँग भात खाने र चढाउने भाकल गरेपछि पानी नहरमा आउन थालेपछि यस क्षेत्रले धार्मिक मान्यता पाएको बताउँछन् । धेरै पहिले चुरे पर्वत वर्षाका कारण खिईदा चुन, कोईला र गन्धकले भरिएको पहाडले विभिन्न आकृतिको रुपमा लिएको थियो ।

यहाँ आएर स्वच्छ तथा सफा भएर पूजाआरधाना गरे मनले चिताएको कुरा पुरा हुने जनविश्वास रहेको छ । अर्को रोचक कुरा यो क्षेत्रका खाना नखाईकन गएकाहरुले जाँदा शिव र पार्वतिको आकृति देखिन्छ । तर खाना खाएर गएकाले कुनै आकृति देख्न नसकिने स्थानीयको भनाई छ ।

कसरी पुग्ने त लिंगा ?

लिंगामा बेद्कोत नगरपालिकाको दोस्रो नगर सभा बैठक बसेपछि खिचिएको सामूहिक तस्बिर

लिंगा बेदकोट नगरपालिकामा अवस्थित रहेको छ । कञ्चनपुर सदरमुकामबाट उत्तरतर्फ रहेको यो क्षेत्रमा जान साईकल, मोटरसाईकल तथा गाडीहरुको प्रयोग गर्न सकिन्छ । बेदकोट नगरपालिकाको दैजी चौराहाबाट सडक मार्गबाट धर्मपुर हुँदैं सात किलो मिटरको सडक तय गरेपछि यस क्षेत्रमा पुग्न सकिन्छ ।

आन्तरिक पर्यटकको भ्रमण गन्तव्यस्थलः
लिङ्गा अवलोकनका लागि पुग्ने पर्यटको संख्या बढ्दो छ । शिव र पार्वतिको नामले चिनिएकाले यो क्षेत्रमा विशेषगरी साउन महिनामा बढी पर्यटक आउने गरेका छन् । यो क्षेत्रमा सवारी साधन गुड्ने पक्की बाटो पुग्न सकेको छैन् । तर पनि हज्जारौ मानिसहरु पुगिरहेका छन् ।

सानो खोलाको किनारामै विभिन्न माटोका अनौठा आकृति नियाल्नका लागि यहाँ आन्तरिक र बाह्य पर्यटकको घुईचो लाग्ने गरेको छ । माटोका अनौठा आकृति संगै सेल्फि लिनका लागि पर्यटक यस क्षेत्रमा पुग्ने गरेका छन । पर्यटकको सुविधाका लागि वेदकोट नगरपालिकाले सेल्फि प्वाईन्टको निर्माण गरेको छ ।

यो क्षेत्रको अवलोनक गर्न दैनिक दुई सय बढी आन्तरिक र बाह्य पर्यटकहरु पुग्ने गरेका छन् । प्रकृतीको अनुपम दृश्यलाई क्यामेरा र मोवाईलमा कैदगरी सामाजिक सञ्जाहरुमा राख्ने कार्यले समेत विगत दुई बर्ष यता देखि हुदै आएपपछि यस क्षेत्रले चर्चा पाउन सफल भएको स्थानीयको भनाई छ । शिक्षक राघव अबस्थीले बताए ।

धार्मिक पर्यटकीय बनाईदैंः
बेदकोट नगरपालिकाले लिंगा र बेदकोट ताललाई जोडेर धार्मिक पर्यटकीय क्षेत्र बनाउन सुरु गरेको छ । लिङ्गाको पर्यटन प्रवद्र्धनका लागि दोस्रो नगरसभा लिंगामै गरिएको थियो । बेदकोटका नगर प्रमुख अशोककुमार चन्दले लिङ्गाको धार्मिक पर्यटकीय विकासका लागि विशेष प्राथमिकता दिइएको बताएका छन् । 

चुल्लीगाड खोलामा झोलुङ्गे पुल र लिङ्गासम्म पक्की सडक पुर्याउने नगरपालिकाको योजना छ । लिङ्गा प्रवेशका लागि प्रवेशद्वार निर्माण गरिएको छ । हाल नगरपालिकाले पर्यटकीय क्षेत्र सम्म पुग्ने सडकको स्तरोन्नतीको कार्य गरी पर्यटकीय क्षेत्रमा मन्दिर, मूर्तिहरु राखेको छ । यहाँ आन्तरिक, छिमेकी देश भारत र तेश्रो मुलुकका पर्यटक समेत आउने गरेका छन् ।

Logo