चितुवाको आक्रमणमा परेर बिहीबार साँझ तनहुँमा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको भानु नगरपालिका–४ चिसापानी निवासी चार वर्षीया रञ्जिता लम्साल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । "/>

चितुवाको आक्रमणबाट बालिकाको मृत्यु

चितुवाको आक्रमणबाट बालिकाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

चितुवाको आक्रमणमा परेर बिहीबार साँझ तनहुँमा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको भानु नगरपालिका–४ चिसापानी निवासी चार वर्षीया रञ्जिता लम्साल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

घरको आँगनमा खेलिरहेको अवस्थामा रञ्जितालाई साँझ ५ बजे चितुवाले आक्रमण गरेको थियो । चितुवाको आक्रमणबाट घाइते भएकी उनलाई उपचारका लागि दमौली अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । मृतक बालिकाको बुबा कृष्ण लम्साल वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा छन् । उनी आमा सरस्वती लम्साल र दुई दाजुको साथमा बस्दै आएकी थिइन् । रासस

Logo