काठमाडौं । निर्मला हत्या प्रकरणको अनुसन्धानका क्रममा प्रहरीले संकलन गरेको शंकास्पद चार जनाको डीएनए म्याच नभएको प्रहरीले जनाएको छ । "/>

निर्मला हत्याकाण्डमा नमुना संकलन गरिएका चारैजनाको डीएनए मिलेन

निर्मला हत्याकाण्डमा नमुना संकलन गरिएका चारैजनाको डीएनए मिलेन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । निर्मला हत्या प्रकरणको अनुसन्धानका क्रममा प्रहरीले संकलन गरेको शंकास्पद चार जनाको डीएनए म्याच नभएको प्रहरीले जनाएको छ । कात्तिकको दोस्रो साता कञ्चनपुर प्रहरीले शंकास्पद चारजनाको रगत संकलन गरि विधिविज्ञान प्रयोगशाला पठाएको थियो । शुक्रबार जिल्ला सरकारी वकिलको कार्यालयमा डीएनएको गोप्य रिपोर्ट खोलिएको र त्यो म्याच नभएको कञ्चनपुर प्रहरी प्रमुख एसपी कुवेर कडायतले जानकारी दिए ।

चारैजना भीमदत्तनगरपालिका २ र १८ नम्बर वडाका रहेको एसपी कडायतले बताए । प्रहरीले उनीहरुको नाम भने गोप्य राखेको थियो । प्रहरीले निर्मला हत्याकाण्डको अनुसन्धानका क्रममा यसअघि नै दिलिपसिंह विष्टसँगै कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्ट उनका छोरा किरण विष्ट, स्थानीय आयुस विष्ट र चक्र बडुको समेत डीएनए परीक्षण गराएको थियो । निर्मलाको शरीरमा भेटिएको ‘भजाइनल स्वाब’ सँग डीएनए ‘म्याच’ गरेको थिएन ।

डीएनए नमिल्दा प्रहरीलाई अनुसन्धानमा थप सकस भएको छ । गत साउन १० गते साथी रोशनी बमको घरमा होमवर्क गर्न गएकी भीमदत्तनगर–२ कि १३ वर्षीया किशोरी निर्मला पन्त साउन ११ गते मृत अवस्थामा फेला परेकी थिइन् ।

निर्मला हत्याकाण्डको अनुसन्धानमा गम्भीर लापरवाही गरेको भन्दै कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्ट र वडा प्रहरी कार्यालय महेन्द्रनगरका इन्स्पेक्टर बर्खास्तीमा परेका छन् ।

 

Logo