काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज १ सय १३ दिन वितिसकेको छ । छोरीको हत्यारा पत्ता लगाई कारवाहीको माग गर्दै बाबु यज्ञराज पन्तसहित सपरिवार जिल्ला प्रशासन कार्यालय अगाडि धर्नामा बसेका छन् । "/>

निर्मलाका बुवा भन्छन्, ‘मलाई न्याय नदिने भए नागरिकता खोसेर भारत पठाईदिए हुन्छ’

निर्मलाका बुवा भन्छन्, ‘मलाई न्याय नदिने भए नागरिकता खोसेर भारत पठाईदिए हुन्छ’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज १ सय १३ दिन वितिसकेको छ । छोरीको हत्यारा पत्ता लगाई कारवाहीको माग गर्दै बाबु यज्ञराज पन्तसहित सपरिवार जिल्ला प्रशासन कार्यालय अगाडि धर्नामा बसेका छन् ।

छोरीका हत्यारा पत्ता लगाएर कारवाही नहुँदासम्म आफुहरु धर्नामा बस्ने अडान उनीहरुको छ । प्रहरीले भने अनुसन्धान जारी रहेको जनाएको छ । अहिलेसम्म घटनामा कुनै प्रमाण फेला नपरेको भन्दै प्रहरीले विभिन्न व्यक्तिको डिएनए परीक्षण गर्दै आईरहेको छ ।

निर्मलाका बाबुले बेला बेला आफुलाई ज्यान मार्ने धम्की आउने गरेका बताउँदैं आएका छन् । छोरीका हत्यारालाई कारवाहीको माग गर्दा आखिर उनलाई कसले दियो ज्यान मार्ने धम्की ? समग्र विषयमा निर्मलाका बाबु यज्ञराजसँग केन्द्रबिन्दुकर्मी कृष्णसिंह धामीले कुराकानी गरेका छन् । जिल्ला प्रशासन अगाडि धर्नामा बस्नुभन्दा अघिल्लो दिन कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा यज्ञराजसँग अन्तरबार्ता लिएका थियौं ।  

१) घटना घटेको दिन तपाई कहाँ हुनुहुन्थ्यो ?
घटना घटेको दिन गुरुपूर्णिमा महोत्सव मनाउन म भारत गएको थिए ।

२) अहिलेसम्मको घटनाक्रम के कस्तो छ ?
घटना घटेदेखि नै प्रहरीले विभिन्न नाटक गर्दै आएको छ । मुख्य अपराधीलाई बचाउन प्रहरी नै लागेको छ । अपराधी भन्दा बढी पिडा मलाई दिईरहेको छ । मलाई नै अपराधी हो की जस्तो गरिरहेको छ । हामीले गर्ने हरेक गतिविधिको निगरानी गर्न प्रहरी पठाईरहेको छ । प्रहरीको भेषमा गुण्डाहरुले हाम्रो निगरानी गर्दै आएका छन् । मलाई मार्नकै लागि होला म जहाँ जान्छु त्यहाँ गुण्डा गईरहेका छन् ।

३) तपाईले सुरक्षाको माग गर्नुभएको छैन् त ?
मैले सुरक्षाको लागि भन्दै निवेदन दिएको छुँ । तर एक जना पनि सुरक्षाकर्मी पठाईएको छैन् । म जहाँ गए पनि मेरो पिछा गरिरहेका छन् । मलाई सुरक्षा चाहियो भन्दै निवेदन दिएको छुँ । तर कुनै सुनुवाई भएको छैन् । प्रहरीले घटनाको ढाकछोप गर्न खोज्ने अनि मलाई मार्न गुण्डा पठाउने ? छोरीको हत्यारालाई कारवाही गर्नुहोस्, मलाई न्याय चाहियो भन्दा उल्टै मार्न खोज्ने ? मैले न्याय चाहियो भन्न पनि नपाउने ? आखिर मैले के गल्ति गरेको छु र ? मलाई मार्न मान्छे पठाउँनलाई ?

४) तपाईले भन्नुभयो मलाई प्रहरीले गोली हान्न पठाएको छ । कसले पठाएको हो ? तपाई नि मिडियामा जानुभएको छैन् त ?
मलाई गोली हान्न मान्छे पठाईरहेका छन् । म एकजनाले मरेर के नै हुने हो र ? एकदिन सबैजना मरेरै जाने हो । मैले मर्दा के नै हुन्छ र ? तर अहिले छोरीको हत्यारालाई कारवाही गर भन्दा गोली नै हान्न पठाउने ? जसरी मसँग रिसबी भएकाहरु अंगुर जिसी, डिगरदेव पन्त, जगदीश भट्ट, एसपी दिल्लीराज विष्टको नाम लिदैं मलाई मार्न खोजिरहेका छन् । अब भन्नुहोस् मलाई मार्न को र कसले पठाएको होला ?

५) तपाई न्यायको लागि काठमाडौं सम्म पनि पुग्नुभयो प्रधानमन्त्री सहितबाट के के आश्वासन पाउनुभयो त्यो बेला ?
सुरुमा काठमाडौं जाँदा मैले एकदम राम्रो आश्वासन पाएको थिए । हामी २५ गते गएर २७ गते काठमाडौं पुगेका थियौं । दुई दिन त बाटोमै जाममा परेको थियो । त्यहाँ पुगेपछि सुरुमा प्रधानमन्त्री ज्यूलाई भेट्ने समय मागेपछि सुरुमा त भेट्ने समय नै दिएनन् ।

के उनी हाम्रो प्रधानमन्त्री होइनन र कि उनलाई हाम्रो अधिकार लाग्दैन् कि, हाम्रो अभिभावक होइनन् उनी । मैले घरको तिनवटा भोट किन दिए होला कुनै बेला म कांग्रेसको मान्छे थिए । कुनैबेला राप्रपाको भए कुनै बेला म माओवादीमा भोट दिए । तर आफ्नो पिडा राख्न प्रधानमन्त्रीलाई भेट्न पनि धेरै गाह्रो ।

६) काठमाडौंमा हुँदा तपाईहरुले राष्ट्रपतिलाई पनि भेट्न खोज्नु भएको थियो नि ?
राष्ट्रपतिलाई भेट्न खोजेको ‘टाइम’ छैन् भन्नुभयो । त्यसपछि हामी प्रधानमन्त्रीलाई भेटेर त्यो दिनको बेलुका ५ बजेको फ्लाइटमा कञ्चनपुर फर्कियौं । म काठमाडौंमै रहदा मलाई केहि कार्यकर्ताहरुले प्लेनको टिकट काटी दिन्छु, तपाई बस्ने गासबास, खाना सबैको प्रबन्ध मिलाइदिन्छु भनेर एउटा एकान्त कोठामा लगेर आस्वासन समेत दिएका थिए । हामी त्यँहा भिख माग्न गएको त होइन नि छोरीको न्यायको खोजीमा पो गएको हो ।

७) त्यत्रो आन्दोलन भयो, काठमाडौंमा गएर त्यत्रो दिन सम्म बस्दा त्यो सबै व्यवस्था कसरी गर्नुभयो ?
अनामनगरस्थित बाजेको सेकुवा निर कोक्याप भन्ने एउटा संस्थाको अफिस छ। त्यँहाको सरले सबै हाम्रो जिम्मा लिनुभएको थियो । त्यहाँ महिला अधिकारकर्मी दिदीहरु जसले मलाई साथमा लिएर जानुभएको थियो । उहाँहरुको आफ्नो आफ्नो निजी पैसा खर्च गरेर हामीलाई खान, बस्ने व्यवस्था गरिएको थियो ।

८) तपाईहरु माथि निर्मलाको न्यायका लागि भएको आन्दोलनलाई राजनीतिकरण गरियो भन्ने आरोप पनि छ नि ?
राजनीजिकरण गर्यो भनेर अहिले जसले सरकार चलाइरहेको छ उसले नै भनिरहेको छ । अहिले जसरी नेपाली कांग्रेसको सरकार छैन्, माओवादीसहितको सरकार छ । नेपाली जनाताहरु मेरो साथमा आएर न्याय माग्नको लागि रोडमा आएपछि त्यँहा राजनीतिकरण गरेको हुन्छ र ? घरमा सबैको छोरीहरु छन् के नेपाली चेलीहरु घर बाहिर हिड्दा सुरक्षित छन् ।

अहिले ८० वर्षको आमा देखि लिएर पाँच वर्षको बालिकासम्म बलात्कारको सिकार भएका छन् । निर्मलाकै हत्यापछि हर्ने हो भने पनि बलात्कारका धेरै घटनाहरु घटेका छन् । निर्मलाले न्याय पाओस त्यति चाहन्छौं हामी चाहे हामी नै किन मर्न नपरोस ।

९) अहिलेका कञ्चनपुर प्रहरी प्रमुखले तपाईलाई बेला–बेलामा दु:ख दिइरहेको छन् ?
दुःख कसरी दिएको छ भने जुन ठाँउमा साइकल र लास भेटिएको थियो त्यो ठाँउमा ५-६ वर्ष अगाडि एउटा मान्छे देखिन्थ्यो रे पहिला पहिला । कालो कालो मोटो तगडा मान्छे देखिन्थ्यो रे । त्यो मान्छे एकजना सिंगल महिला देखेपछि देखिने र तल्लो भागको लुगा खोलेर नाङ्गै देखिने ।

अनि दुई जना महिलासँगै छन् भने नदेखिने र पुरुषहरु छन् भने नदेखिने । अब त्यो दुर्गा सिंह चन्दले अहिले काठमाडौंबाट आएर जतिसुकै शक्तिसाली भए पनि हत्यारालाई जेलमा कोचेरै छोड्छु बरु जागिर गए जाओस भनेर फेसबुकमा हाल्या छन् जुन तपाईहरुले देख्नु भयो होला ।

उनले आज एकजनाको फोटो लग्या छ भरे अर्कोको फोटो लग्या जसलाई देख्यो उसलाई यहि हो हत्यारा भनेका छन् । म जहाँ हिडेर जान्छु त्यहाँ त्यहाँ मान्छेहरु पठाएको छ । मलाई गोली ठोकेर मार्नको लागि मान्छेहरु हतियार सहित लगेर गएका छन् । एसपी कुवेर कडायतले त मलाई पिट्न नै आए ।

के म नेपाली नागरिक होइन र होइन भने म जान्छ भारत तिर । हात खुट्टा छ काम गरेर खान्न सक्छु । मलाई मार्नु पर्ने कारण के छ भन्नु पर्यो नि म फलानो हु तलाई यो कारणले मार्न लागेको हु भनेर । मैले कोहीसँग कुरा गरेको मोबाइलमा आएर रेर्कड गर्छ ।

१०) निर्मलाको स्वाभाव कस्तो थियो ?
निर्मलाको स्वाभाव सानै देखि राम्रो थियो । नौ कक्षामा पढ्थी । फस्ट सेकेन्ड हुने गर्थी । स्कुलमा हुने गरेको हरेक कार्यक्रममा सहभागी हुने गर्थी । हाजिरजवाफ, नाचगान, गीत गाउने, चित्र बनाउने जस्ता कार्यक्रममा भाग लिन्थी । उनले बनाएका चित्रहरु मेरो घरभरि टागिएको छ । त्यो देख्दा मलाई छोरीको याद आउँछ त्यसैले म आजकल घरमा निकै कम बस्छु ।

११) यो घटना घट्नु भन्दा केहि समय पहिला तपाईलाई त्यस्तो केही संकेत मिलेको थियो र ?
त्यस्तो केहि पनि आएको थिएन । रोसनीले २-४ साल अगाडि देखि मेरो छोरीलाई कलाकार बनाइदिन्छु हिरोईन बनाइदिन्छु भनेर किन भनी । मेरो छोरीको साथी त्यो हो भनेर त निर्मलाको मृत्यु भएपछि नै थाहा भयो नि । स्कुलमा पनि एउटै बेन्चमा बस्ने, स्कुल छुट्टी भएपछि फेरि आउने साइकल लिएर जाने गर्दथी । तर म घर बाहिर गएकाले त्यही ध्यान दिएको थिएन् ।

१२) दुई वर्ष अघिदेखि नै रोशनी निर्मलाको वरिपरि नै थियो त्यो बेला तपाईहरुले उनि माथी शंका गर्नु भएन ?
मलाई रोशनीको बारेमा त्यति थाहा नै थिएन् । उसको ममी जो २४ सैं घन्टा उनको साथमा हुन्ने गथ्यो उनलाई त थाहा हुन्छ नि । म सधै कामको सिलसिलामा घर बाहिर हुन्थे । साथै घरको कुरालाई लिएर निर्मलाको केशलाई मोड्ने मानिसहरु पनि धेरै छन् यँहा । तर निर्मलाको बारेमा रोशनीले विभिन्न कुराहरु गर्थि । निर्मलाको मम्मीले पनि बेला बेला रोशनीलाई घरमा नआउँ, यसको संगत नगरभन्दा रिसाउथी । के म निर्मलाको साथी होईन् र भन्थि ।

१३ं) तपाईका जुन निरासाजनक अभिव्यक्तिहरु आइरहेका छन् नि त्यो आउनुको कारण चै के हो ?
सुरु देखि नै दुई गुठको आन्दोलन भएको थियो पहिलो महिला अधिकारकर्मीको र अर्को आमा समूहको । काठमाडौं जाँदा निर्मलाको बुवाले विदेशी डलर खायो रे जस्ता हल्लाहरु पनि आएका थिए । महिला अधिकारकर्मीहरुले रातो सारी लगायो र निर्मलाको बुवाले नाच्यो भन्ने जस्तो खबरहरु पनि सार्वजनिक गरिए ।

मेरो छोरीको न्यायको लागि लागेका विभिन्न समूह पनि विभाजन भएका छन् । उनीहरुको जुन काम देखेर पनि मलाई अलि दुःख लागिरहेको छ । आखिर जसले जे गरेपनि हाम्रै छोरीको न्यायको लागि हो । अहिलेसम्म पनि छोरीका हत्यारा प त्ता लाग्न सकेका छैनन् ।

१४) अब के निर्मलाले न्याय पाउला भन्ने आश गर्नु भएको छ ?
मैले आश गर्या छैन् सुरु देखि नै म निराशा भएर काठमाडौं गएको थिए । नत्र म काठमाडौं जाने पनि थिइन् । पत्रकारले गर्दा र हाम्रो यो समाजमा जति पनि मानिस छन् नि कोहीले गीत बनाएर त कसैले दबाब दिएर र कसैले धर्ना बसेर मलाई साथ दिइरहनु भएको छ ।

जनताहरुले मलाई अहिले सम्म निर्मलाको हत्यारा पत्ता लगाउनमा साथ दिइरहनु भएको छ । उनीहरुको साथ र सहयोगले गर्दा मात्र यहाँसम्म पुगेको छु नत्र के के भईहाल्थ्यो होला । निर्मलाको केशमा जानी जानी प्रमाणहरु नष्ट गर्न खोजिएकाले लामो समयपछि पनि छोरीका हत्यारा पत्ता लाग्छन् जस्तो लाग्दैन् ।

Logo