कोहलपुर । सवारी दुर्घटनामा परेर एक महिलाको मृत्यु भएको छ । गएराति कोहलपुर विद्युत रोडमा भे १ च १६७२ नम्बरको म्याजिक भ्यानको ठक्करबाट भे २ प ३०२ नम्बरको मोटरसाइकलमा सवार नेपाल मजदुर किसान पार्टीकी नेतृ गोमा शाहीको मृत्यु भएको हो । "/>

सवारी दुर्घटनामा श्रीमतीको मृत्य, श्रीमान गम्भीर घाइते

सवारी दुर्घटनामा श्रीमतीको मृत्य, श्रीमान गम्भीर घाइते

केन्द्रबिन्दु
0
Shares

कोहलपुर । सवारी दुर्घटनामा परेर एक महिलाको मृत्यु भएको छ । गएराति कोहलपुर विद्युत रोडमा भे १ च १६७२ नम्बरको म्याजिक भ्यानको ठक्करबाट भे २ प ३०२ नम्बरको मोटरसाइकलमा सवार नेपाल मजदुर किसान पार्टीकी नेतृ गोमा शाहीको मृत्यु भएको हो ।

दुर्घटनामा परी उनका श्रीमान मोटरसाईकल चालक अन्जिर शाही गम्भीर घाइते भएका छन् । उनको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भईरहेको छ ।

भ्यानको ठक्करबाट गम्भीर घाइते भएकी गोमाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । लोक गायिका सपना शाहीकी आमा समेत रहेकी गोमा लामो समयदेखि नेमकिपाको राजनीतिमा सक्रिय थिइन् ।

 

Logo