काठमाडौं

साइबर अपराधबाट पीडित हुनेको संख्या २४ प्रतिशतका दरले बढ्दै गएको पाइएको छ । "/>

हरेक वर्ष बढ्दै साइबर अपराध

हरेक वर्ष बढ्दै साइबर अपराध

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

साइबर अपराधबाट पीडित हुनेको संख्या २४ प्रतिशतका दरले बढ्दै गएको पाइएको छ । पीडित हुनेमा अधिकांश महिला छन् । महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाका अनुसार गएको ४ वर्षमा साइबर अपराधबाट ३ हजार ७ सय ८७ सर्वसाधारण पीडित भएका छन् । जसमध्ये ९९ प्रतिशत पीडित १५ देखि २५ वर्ष उमेर समूहका किशोरी तथा महिला छन् । बाँकी एक प्रतिशत पीडित सेलिब्रेटी, उच्च तहका अधिकारी र व्यापारी रहेको प्रहरीले जनाएको छ ।

महाशाखाका प्रवक्ता एसपी नरेन्द्र उप्रेतीले साइबर अपराधबाट पीडित हुनेको संख्या प्रत्येक वर्ष वृद्धि हुँदै गएको बताए । ‘साइबर अपराधबाट पीडित हुनेको संख्या प्रत्येक वर्ष बढ्दै गएको देखिन्छ । विशेषगरी ११ र १२ कक्षा अध्ययन गर्ने विद्यार्थी ज्यादा पीडित भएको देखिन्छ,’ एसपी उप्रेतीले भने, ‘केही सेलिब्रेटीदेखि मुलुकका उच्च ओहदामा रहेकाहरू समेत पीडित बनेका छन् ।’

महाशाखाको तथ्यांक अनुसार आर्थिक वर्ष ०७४–७५ मा महाशाखाले मात्रै साइबर अपराधबाट पीडित १ हजार ४ सय ८२ लाई उद्धार गर्‍यो । यो संख्या अघिल्लो आर्थिक वर्ष भन्दा २३ दशमलव ६४ प्रतिशतले धेरै हो । आव ०७३–७४ मा महाशाखाले १ हजार १ सय ९७ पीडितको उद्धार गरेको थियो । महाशाखाका अनुसार त्यसभन्दा अघिल्लो आर्थिक वर्ष ०७२,०७३ मा ८ सय ३ पीडित तथा ०७१–७२ मा ३ सय ५ पीडितको उद्धार भएको थियो ।
नयाँ पत्रिकाबाट

Logo