शारीरिक रुपमा अशक्त भए पनि आफ्नो दैनिकी जिवनयापन आफ्नै पौरखमा बाचिरहेकी गिता भूषाल अपाङ्ग सेवा केन्द्रमा बसेर आफ्नो सीपलाई अहिले बजारसम्म पुर्‍याउने काम गर्छिन् । "/>

शारीरिक रुपमा कम्जोर भएपछि धेरै दुःख पाएँ (भिडियो अन्तर्वार्ता)

शारीरिक रुपमा कम्जोर भएपछि धेरै दुःख पाएँ (भिडियो अन्तर्वार्ता)

केन्द्रबिन्दु
0
Shares

शारीरिक रुपमा अशक्त भए पनि आफ्नो दैनिकी जिवनयापन आफ्नै पौरखमा बाचिरहेकी गिता भूषाल अपाङ्ग सेवा केन्द्रमा बसेर आफ्नो सीपलाई अहिले बजारसम्म पुर्‍याउने काम गर्छिन् ।

आफ्नो हातबाट बनेका अनेक सामानहरु बेचेर नै अहिले आफ्नो जििवकोपार्जन गरिरहेकी छिन् । शारीरिक रुपमा अपाङ्ग भएपनि उनले माध्यामिक तहसम्मको अध्ययन गरेकी छिन् । गाउँघरमा हिँड्डूल गर्न पनि अफ्ठ्यारो भएपछि उनलाई दाजुले काठमाण्डौ ल्याएर राखिदिए ।

उनी काठमाण्डौमा आएपछि केहि महिना कोठामा बसिन् । कोठामा बस्दा उनलाई धेरै गाह्रो भएको उनी बताउँछिन् । त्यसको केहि महिनापछि भने उनलाई अपाङ्ग सेवा केन्द्रमा बस्नको लागि सम्पर्क आयो र उनी अहिले सम्म त्यहि बसिराखेकी छिन् ।

आफ्नो सीपलाई बजारसम्म ल्याएर बच्न पनि सडकको कारणले अफ्ठ्यारो हुने गरेको उनी बताउँछिन् । अपाङ्ग सेवा केन्द्रबाट रत्नपार्क ल्याएर उनले आफूले निर्माण गरेका सामानहरु बेच्ने गरेकी छिन् । तर अपाङ्गले बेच्न राखेका सामानहरु त्यति मन लगाएर किन्ने नगरेको उनी बताउँछिन् । स्थायी घर स्याङ्जा भएकी उनी पढ्न पाए अझै पढ्ने इच्छा भएको बताउँछिन् ।

Logo