गुल्मी । बुबाले आमाको हत्या गरेपछि ४ नाबालक सन्तान अलपत्र परेका छन् । गुल्मीको मदाने गाउँपालिका–६ पुर्कोटदहस्थित पनाह खोलाका ३३ वर्षीय दुर्गा बहादुर नेपालीले आफ्नै ३६ वर्षीया पत्नी सीता नेपालीको विभत्स तरिकाले हत्या गरेपछि नाबालक सन्तान अलपत्र परेका हुन् । "/>

बाबुले आमाको हत्या गरेपछि नाबालक ४ सन्तान अलपत्र, सहयोगको अपिल

बाबुले आमाको हत्या गरेपछि नाबालक ४ सन्तान अलपत्र, सहयोगको अपिल

केन्द्रबिन्दु
0
Shares

गुल्मी । बुबाले आमाको हत्या गरेपछि ४ नाबालक सन्तान अलपत्र परेका छन् । गुल्मीको मदाने गाउँपालिका–६ पुर्कोटदहस्थित पनाह खोलाका ३३ वर्षीय दुर्गा बहादुर नेपालीले आफ्नै ३६ वर्षीया पत्नी सीता नेपालीको विभत्स तरिकाले हत्या गरेपछि नाबालक सन्तान अलपत्र परेका हुन् ।

अभियुक्त नेपालीका ३ छोरा र १ छोरी छन् । घटनापछि चार नावालक छोराछोरीको विचल्ली भएको हो । जेठो छोरा विपिन, माईलो छोरा विकास, छोरी विपना र डेढ वर्षीय छोरा विक्रम नेपालीको लालनपालन कसले गर्लान् भन्ने अन्योल छ ।

अर्को व्यवस्था नभएसम्म उनीहरुलाई मदाने गाउँपालिकाले खाद्यान्नको व्यवस्था गरेको गाउँपालिका प्रमुख दान बहादुर केसीले जानकारी दिए । आमाको हत्या भएको र बावु कर्तव्य ज्यान मुद्धामा पक्राउ परेपछि दुधे वालकसहित चार नावालकको अवस्था दयनीय रहेको गुल्मी प्रहरी प्रमुख एसपी दिपक कुमार बस्नेतले जानकारी दिए । प्रहरीले उनीहरुलाई तत्कालको लागि छिमेकी काकाको जिम्मा लगाए पनि उनीहरु बेवारिसेजस्तै बनेका छन् ।

चारै बालबालिका सानै छन् । उनीहरुको उचित व्यवस्थापनको समस्या भएको भन्दै एसपी बस्नेतले भने, ‘कसैले उनीहरुको जिम्मा लिएर लालनपालन गरिदिए पुण्य हुन्थ्यो ।’
बाबु जेल जानेभएपछि कसले पाल्ने भन्ने चिन्ता थपिएको छ । ‘उनीहरुमध्ये एक जना त डेढ वर्षको दुधे बालक छ । त्यो बालक दिनप्रतिदिन मम्मीलाई सम्झेर रोईरहेको छ’ एसपी बस्नेतले भने ।

बस्नलाई एउटा सानो छाप्रो छ । आर्थिक अवस्था एकदमै कमजोर छ । सानो छाप्रोमा आफ्नो गुजारा गर्दै आएका नेपाली परिवार बाबुको कारण समस्यामा परेको हो ।

Logo