गुल्मी । गुल्मीमा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् । मदाने गाउँपालिका–६ पुर्कोटदहस्थित पनाह खोलाका ३३ वर्षीय दुर्गा बहादुर नेपालीले आफ्नै ३६ वर्षीया पत्नी सीता नेपालीको विभत्स तरिकाले हत्या गरेका हुन् । "/>

श्रीमतीको विभत्स हत्या गरी तीन दिनसम्म जंगलको ओडारमा !

श्रीमतीको विभत्स हत्या गरी तीन दिनसम्म जंगलको ओडारमा !

केन्द्रबिन्दु
0
Shares

गुल्मी । गुल्मीमा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् । मदाने गाउँपालिका–६ पुर्कोटदहस्थित पनाह खोलाका ३३ वर्षीय दुर्गा बहादुर नेपालीले आफ्नै ३६ वर्षीया पत्नी सीता नेपालीको विभत्स तरिकाले हत्या गरेका हुन् ।

गत कार्तिक १५ गते राती छिमेकी राजकुमार थापाको खाली घरमा सुतिरहेको अवस्थामा दुर्गाले पत्नी सीताको हत्या गरेका हुन् । मदिरा सेवन गरी राती आएका नेपालीले सीतालाई चरम यातना दिएर हत्या गरेको प्रहरीले जनाएको छ ।

हत्यापछि फरार भएका दुर्गा तीन दिनसम्म जंगलमा बसेका थिए । उनलाई ईलाका प्रहरी कार्यालय पुर्कोटदहबाट खटिएको प्रहरी टोली र जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरिक्षक दिपक कुमार बस्नेतको नेतृत्वमा खटिएको संयुक्त टोलीले आईतबार पक्राउ गरेको हो ।

अभियुक्तलाई पक्राउ गर्न जिल्लाभर चारैतिर प्रहरी खटाई सवारी यातयात जाँचमा समेत कडा गरेको प्रहरी प्रमुख बस्नेतले बताए । अभियुक्त नेपालीले प्रहरीसमक्ष यातना दिएर हत्या गरेको स्वीकार गरिसकेका छन् ।

प्रहरीले भने आवश्यक कारवाही अघि बढाइसकेको बताएको छ । एसपी बस्नेतले भने, हत्या गरेर जंगलतिर फरार भएर तीन दिनसम्म निकै दुःख दिए नि ! जंगलको ओडारमा लुकेर बसेका रहेछन् । अन्ततः पक्राउ गर्न सफल भयौं ।’

Logo