बर्दिया । बर्दियामा मध्यराति गोली प्रहार हुँदा एक जनाका मृत्यु भएको छ । बढैयातालमा आइतबार राति करिब २ बजेतिर अज्ञात समूहले गोली हानेर बढैयाताल गाउँपालिका ३,गोबरियापुरका ३५ वर्षीय मोहन खटिकको हत्या गरिएको हो । "/>

बर्दियामा मध्यराति गोली हानेर घरमै सुतिरहेका मोहन खटिकको हत्या

बर्दियामा मध्यराति गोली हानेर घरमै सुतिरहेका मोहन खटिकको हत्या

केन्द्रबिन्दु
0
Shares

बर्दिया । बर्दियामा मध्यराति गोली प्रहार हुँदा एक जनाका मृत्यु भएको छ । बढैयातालमा आइतबार राति करिब २ बजेतिर अज्ञात समूहले गोली हानेर बढैयाताल गाउँपालिका ३,गोबरियापुरका ३५ वर्षीय मोहन खटिकको हत्या गरिएको हो ।

घरमा सुतिरहेका खटिकलाई गोली प्रहार गरी लुटेरा समूहले घरमा रहेको ५० हजार रुपैयाँसमेत लुटि लगेका जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए ।

गोली प्रहार गर्ने समूहको पहिचान भईनसकेको प्रहरी निरीक्षक ओझाले बताए । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुमाथि सोधपुछ भईरहेको ओझाले बताए ।

गोली प्रहारबाट गम्भीर घाइते भएका खटिकको उपचारको क्रममा नर्सिङहोम नेपालगञ्जमा मृत्यु भएको हो । खटिकको शव हाल अस्पतालमै राखिएको छ । हत्या र लुटपाटमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ।

हत्या गर्नुको एकिन कारण पत्ता लाग्न नसकेपनि लुटपाट गर्ने समूहको संलग्नता रहेको हुनसक्ने प्रहरीले आशंका गरेको हो । मृतक मोहनकी श्रीमती पनि नेपालगञ्जमै रहेकाले सोधपुछ गर्ने काम नभएको प्रहरी निरीक्षक ओझाले जानकारी दिए ।

 

 

Logo